गाईगोरु बिरामी पर्न थाले

Gandaki Pardesh notice

पाखापानी, । म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीमा गाईगोरु धमाधम बिरामी पर्न थालेपछि कृषक चिन्तित भएका छन् ।
पाखापानीका कृषकले पालेका गाईगोरुमा शरिरमा खटिरा, ज्वरो, खुट्टा र यौनाङ्ग सुन्निने, आँखाबाट पानी बगिरहने र अनुहार सुन्निे लक्ष्यण देखिएको हो । दश दिनअघि देखिएको यस्तो लक्ष्यणबाट थलिएका औला गाउँमा ४ वटा गाईगोरु मरेका र अन्य पनि बिरामी पर्न थालेका पशु सेवा प्राविधिक सुविता पुनले बताउनुभयो ।
स्थानीय स्तरमा गरिएको उपचार सफल नभएपछि भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रलाई जानकारी गराएको र नमुना संकलन गरेर परिक्षणका लागि प्रयोगशालामा पठाएको बताउनुभयो ।
औला र कोटगाउँमा पशुहरु बिरामी परेका हुन् । पाखापानी औलाका हुमबहादुर पुनले गाई र गोरुहरु बिरामी पर्ने क्रम बढेको बताउनुभयो । एक, पछि अर्को गोठका पशु बिरामी पर्न र मर्न थालेपछि चिन्तित भएको अर्का कृषक लालमाया पुनले बताउनुभयो ।
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीका प्रमुख जिवनप्रसाद आचार्यले बिरामी पशुहरुको रगत र खटिराको नमुना संकलन गरेर परिक्षणका लागि पोखरा स्थित प्रयोगशालामा पठाइएको जानकारी दिनुभयो ।
‘कृषकहरुले बताएको लक्ष्यण अनुसार लम्कि स्किनको शंका गरेका छौ,’ उहाँले भन्नुभयो ‘प्रयोगशालाको रिपोर्ट आएपछि रोग पहिचान हुन्छ ।’ बिरामी पशुलाई छुट्टै राख्न कृषकहरुलाई अनुरोध गरिएको छ ।
रोग फैलिन नदिन पाखापानीमा शनिबार भेटेरीनरी अस्पतालको आयोजनामा निशूल्क पशु स्वास्थ्य शिविर पनि सञ्चालन गरिएको प्रमुख आचार्यले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...