अन्नपूर्णमा अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु

Add Samajik bikash office

घराम्दी, । म्याग्दीको अन्नपुर्ण गाउँपालिका–७ घराम्दीमा अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु भएको छ ।

अन्नपूर्ण गाउँपालिकाको आयोजनामा शुरु भएको प्रतियोगितामा पुरुष, महिला र प्रौढ भलिबल तथा वास्केटबल खेल सञ्चालन गरिने भएको छ । आगामी वैशाख १ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सोमबार उद्घाटन गर्नुहुदै प्रतिनिधि सभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर)ले युवाहरुको प्रतिभा पहिचान र खेलकुद क्षेत्रको विकासका लागि प्रतियोगिताले सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

“खेलकुद क्षेत्रको पूर्वाधार विकास र प्रवद्र्धनमा पालिका, प्रदेश र संघ सरकारले प्राथमिकताका साथ बजेट विनियोजन गर्नुपर्छ,” उहाँले भन्नुभयो “पर्यटन प्रवद्र्धनमा खेलकुदको महत्वपुर्ण भुमिका रहन्छ ।”

Shreekrishna hardwear in news

निर्वाचित भएपछि आफुहरु जिल्लामा अलपत्र विकास आयोजनाहरुलाई सुचारु गर्न र निर्माणधिन आयोजनाहरुलाई तिब्रता दिन पहल गरिरहेको जानकारी गराउँदै जिल्लाको समग्र विकासका लागि सबै राजनितिक दल एक हुनुपर्नेमा जोड दिनुभयो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले स्थानीय सरकार र जनतालाई असहयोग गर्नुका साथै दुःख दिने गरेकाले यसलाइै खारेज गर्नुपर्ने आवाज उठेको भन्दै सांसद गर्बुजाले यसबारेमा आफुले पनि संसदमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशका सांसद तथा पुर्व मन्त्री रेशम जुग्जाली, हरी भण्डारी, विमला गौचन, जिसस प्रमुख राजकुमार थापा, धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, अन्नपूर्ण गाउँपालिका कास्कीका अध्यक्ष विष्णुबहादुर केसी, नेपाली कांग्रेस अन्नपूर्ण गाउँपालिका समितिका सभापति कृष्णप्रसाद बरुवाल, नेकपा एमालेका पालिका कमिटीका अध्यक्ष धनकुमार पुर्जा, वडा नम्बर ७ का अध्यक्ष मइलन पुर्जा, पूर्व वडा अध्यक्ष गम बहादुर फगामी,प त्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष निदेश केसी लगायतले खेलकुद प्रतियोगिताले खेलप्रतिभाको विकासमा टेवा मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

Bhautik ministry notice about road

प्रतियोगितामा वडा नम्बर १ बाट ४ टिम, २ बाट २,३ बाट ३,४ बाट ३,५ बाट ४,६ बाट ३,७ बाट ४ र ८ नम्बर वडाबाट ४ टिम गरी २७ टिमले सहभागी जनाएको पालिकाका शिक्षा अधिकृत गणेशबहादुर कटुवालले जानकारी दिनुभयो । उहाँका अनुसार मंलगबार विहान देखि लिग प्रणालीमा खेल सञ्चालन गरिने छ । खेलकुद प्रतियोगिताले पालिका स्तरमा खेलकुद क्षेत्रका विकासमा टेवा पुग्नुका साथै खेलाडीहरुको क्षमता विकासमा सहयोग पुग्ने विश्वास गरिएको पालिका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो । उहाँले खेलकुदले मैत्रीपुर्ण सम्बन्ध स्थापना गर्न सहयोग पुग्नेमा विश्वास व्यक्त गर्नुभयो ।

प्रतियोगितामा प्रथम र द्धितीय हुनेलाई क्रमशः रु. ३० हजार र रु. २० हजार नगद, ट्रफी, मेडल र सम्मान पत्र प्रदान गरिने शिक्षा अधिकृत कटुवालले जानकारी दिनुभयो । आठवटा वडालाईलाई प्रोत्साहन स्वरुप पालिकाले रु. ५०÷५० हजार रुपैयाँका दरले रकम उपलब्ध गराएको उहाँले जानकारी दिनुभयो । प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीको संचालन, पालिका अध्यक्ष पुनको अध्यक्षता र उपाध्यक्ष दिवा कुमारी तिलिजा पुनको स्वागतमा प्रतियोगिताको उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतियोगिताको पहिलो दिन पालिकाका जनप्रतिनिधि र कर्मचारीकाबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा जनप्रतिनिधिको समुह विजयी भएको प्रमुख प्रशासकीय अधिकत सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार मंगलबार देखि प्रतिस्पर्धात्मक खेलहरु संचालन गरिने छ ।

प्रतियोगिताका अवसरमा म्याग्दीको विकासका लागि पत्रकारिताका माध्यमबाट योगदान पु¥याएको भन्दै जिल्लाका अग्रज पत्रकार घनश्याम खड्कालाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो । त्यस्तै पत्रकार महासंघ म्याग्दीका सदस्य गणेश गुरुङ (सुरेन)लाई पनि सम्मान गरेको छ । साथै पालिकाको विकास र समृद्धिमा योगदान पु¥याएको भन्दै समाजसेवी इन्द्रसिङ शेरचन सहित निवर्तमान जनप्रतिनिधि लगायत विभिन्न क्षेत्रका व्यक्तिहरुलाई पालिकाले सम्मान गरेको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...