बेनपा ८ मा कौसी खेती तालिम

Sinchai Khanipani notice

बेनी, । बेनी नगरपालिकाको वडा नम्बर ८ मा सोमबारदेखि कौसी तरकारी खेती सम्बन्धी २ दिने तालिम शुरु भएको छ ।
बेनी नगरपालिकाको आर्थिक सहयोगमा कृषि शाखा र वडा कार्यालयको आयोजनामा तालिम सञ्चालन गरिएको हो । बजारबासीलाई कौसी खेती प्रविधि सिकाएर भान्साजन्य फोहोरको व्यवस्थापनका साथै घरायसी आवश्यकताका तरकारी उत्पादनमा सघाउने उद्देश्यले तालिम आयोजना गरिएको वडा अध्यक्ष उत्तम कर्माचार्यले जानकारी दिनुभयो ।
तालिमको उद्घाटन गर्नुहुदै नगरप्रमुख सुरत केसीले कौसी खेतीबाट भान्साजन्य फोहोर घरमै सदुपयोग हुने र घरमा आवश्यक पर्ने ताजा तरकारी आपुर्ति गर्न सकिने दोहोरो फाइदा लिन सकिने बताउनुभयो । घरको छतको खाली जमिनमा लसुन, पतिना, प्याज, धनिया, खुर्सानी, साग, गाजर जस्ता स्वच्छ र ताजा तरकारी उत्पादन गर्न सकिने नगरपालिकाका कृषि अधिकृत आकृति रिजालले बताउनुभयो ।
तालिममा ७० जना वडाबासी सहभागि भएका छन् । तालिममा सहभागी भएकालाई भान्साजन्य फोहोरबाट मल बनाउने कम्पोष्ट विन वितरण गरिने वडा अध्यक्ष कर्माचार्यले बताउनुभयो । कृषि अधिकृत ढुंगाना, नायव प्राविधिक सहायक रविन्द्र प्रसाद पत्न र संगिता थापाले कौसीमा नर्सरी र खेती गर्ने प्राविधिक तथा सैद्धान्तिक विषयमा सहजिकरण गर्नुहुने जनाइएको छ । तालिमको उद्घाटन कार्यक्रमको सञ्चालन वडा सचिव विद्या गौतमले गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...