घारका १२ परिवारलाई शौचालय बनाउन निर्माण सामग्री बितरण

Sinchai Khanipani notice

सुरेन गुरुङ
घार । म्याग्दीको अन्नपूर्ण गाउपालिकाले वडा न. ६ घारका १२ परिवारलाई शौचालय बनाउन निर्माण सामग्री बितरण गरेको छ ।

गाँउपालिकाका अध्यक्ष डमबहादुर पुन, प्रमुख प्रशासकीय अधिकृत नबिन सुबेदी, वडा अध्यक्ष कृष्णप्रसाद बरुवाल र वडा सदस्य रामबहादुर खड्काले आइतबार उनिहरुलाई निर्माण सामग्री बितरण गर्नुभएको हो । दलित समुदायका बिपन्नलाईपक्कि शौचालय निर्माणमा सघाउने उद्देश्यले गाउपालिकाले एक लाख पचास हजार रुपैयाँ बिनियोजन गरेको थियो ।

Bhautik ministry notice about road

सो बजेटबाट सिमन्ेट, प्यान, रड र जस्तापाता खरिद गरेर उपलब्ध गराइएको वडा अध्यक्ष बरुवालले बताउनुभयो । प्रतिघर पाँच बोरा सिमेन्ट, २३ केजी रड, एक थान ट्याइलेट प्यान र ३÷३ वटाका दरले जस्तापाता उपलब्ध गराइएको छ ।

Shreekrishna hardwear in news

कच्चि शौचालय भएका विपन्न परिवार छनौट गरेर निर्माण सामग्री उपलब्ध गराइएको हो । निर्माण सामग्री पाएपछि पक्कि शौचालय बनाउने, घरायसी, वातावरणीय र सामुदायिक सरसफाईमा सहयोग पुग्ने गाउपालिकाका अध्यक्ष पुनले अपेक्षा ब्यक्त गर्नुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...