विउविजन पसलको अनुगमन

Shreekrishna hardware

बेनी, । म्याग्दी, बागलुङ र पर्वतका विउविजन पसलको अनुगमन गरिएको छ । बजारबाट किनेको तरकारी र खाद्यबालीको विउ नउम्रिएको र फल नलागेको कृषकहरुको गुनासो बढेपछि कृषि उर्जा तथा जलस्रोत मन्त्रालय, विउविजन प्रयोगशाला र सम्बन्धित जिल्लाको कृषि ज्ञान केन्द्रको टोलीले संयुक्त अनुगमन गरेको हो ।
पर्वतको कुश्मा र बागलुङका ५÷५ वटा विउ पसलको आइतबार गरेको अनुगमन टोलीले सोमबार बेनीका ५ वटा पसलको अनुगमन गरेको जनाएको छ । विउविजन प्रयोगशालाका अधिकृत अमृत रेग्मीले अनुगमनका क्रममा शंकास्पद विउ विजनको नमुना संकलन गरि परिक्षणको प्रयोजनका लागि प्रयोगशालामा लगिएको जानकारी दिनुभयो ।

Ban devision notice


“कृषकहरुबाट गुनासो आएपछि सचेत बनाउने उद्देश्यले संघीय संरचनापछि पहिलो पटक विउ विजन पसलको अनुगमन गरिएको हो,” उहाँले भन्नुभयो “विउ विजन पसलको नियमनका लागि अनुगमनलाई निरन्तरता दिन्छौ ।”
टोलीले सूचित जातहरु सिफारिस क्षेत्र, हावापानी र भूगोल मिल्ने ठाउँमा नेपालमा विकसित गरि दर्ता तथा उन्मोचन गरिएका जातमात्र बिक्री वितरण गर्न सुझाव दिएको छ । विदेशबाट आयातित जातको विउलाई प्राथमिकता नदिन निर्देशन दिएको अधिकृत रेग्मीले बताउनुभयो ।
विउविजन व्यवसाय अनुमतिपत्र लिन र प्रत्येक वर्ष नविकरण गरेर मात्र कारोवार गर्न सल्लाह दिएको छ । अनुगमनमा मन्त्रालयका बरिष्ठ कृषि विकास अधिकृत बालकृष्ण अधिकारी, उपसचिव धु्रब गिरी, अधिकृतहरु नारायण पाठक, अर्जुन ज्ञवाली, उमेश सापकोटा, अञ्जीत राना, कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरन सिग्देल, बाली संरक्षण अधिकृत सञ्जीव वास्तोला लगायतको सहभागिता थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...