कोत्रवाङ, खुम्याह, कुहुँ, हिदीमा सांसद जुग्जालीको जभेटघाट

Gandaki Kotihome

बेनी, । म्याग्दी क्षेत्र (ख)बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले आइतबार मंगला गाउँपालिकाको कोत्रवांग, खुम्याह, कुहुँ र हिदीमा जनभेटघाट गर्नुभएको छ ।
मतदातालाई धन्यवाद र स्थानीयका समस्या तथा आवश्यक पहिचान गर्ने उद्देश्यले स्थानीयबासीसँग भेटघाट र छलफल गर्नुभएको हो । चुनाव जितेपछि आफ्नो घरदैलोमा पुगेका सांसद जुग्जालीलाई स्थानीयबासीहरुले सडक, खानेपानी, सिचाई, पदमार्ग र पर्यटन सँग सम्बन्धी योजना माग गरेका छन् ।
कोत्रवाङबासीले सिचाई आयोजनालाई व्यवस्थित बनाइदिन माग गरेका छन् । कोत्रवाङवासीले खानेपानीको समस्या भएको दुखेसो पोखे । हिदीबासीले सडक स्तरोन्नति र मालिका धुरी जोड्ने पदमार्ग बनाउन, कुहुँबासीले खानेपानी, सिचाई र पदमार्गको योजना माग गरेका थिए ।

Annapurna aarohan ko notice


सांसद जुग्जालीले सम्बद्ध कार्यालय र मन्त्रालयसँग समन्वय गरेर सम्भव भए तत्कालै नभए आगामी वर्षको योजना तथा बजेटमा समावेश गर्न पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । नेकपा माओवादी केन्द्र म्याग्दीका जिल्ला संयोजक समेत रहनुभएका जुग्जाली सहित नेपाली काँग्रेसका प्रदेशसभा क्षेत्र (ख) सभापति टंकप्रसाद पुन, माओवादी नेताहरु मोतिलाल पौडेल, अनुप गौचन, अर्जुन शाही लगायत जनभेटघाट अभियानमा सहभागि हुनुभएको थियो ।

Upper Myagdi transmition line notice


केन्द्रिय राजनीतिमा नयाँ समिकरण बनेपछि गण्डकीमा पनि गठबन्धनको नयाँ सरकार गठनको तयारी भएको बताउदै पुर्व उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री समेत रहेका जुग्जालीले चुनाव लगत्तै राजनीतिक कामले पोखरा र काठमाडौ जानु परेकाले मतदातालाई धन्यवाद दिन सबै गाउँ टोलमा पुग्न नसकेको र अहिले संसद नचलेको समयमा जनतामाझ आएको बताउनुभयो ।
चुनावमा गरेको वाचा अनुसारनै प्रतिवद्ध भएर जनताको सेवा, नीति निर्माण, विकासका क्षेत्रमा काम गरिरहेको जुग्जालीले बताउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...