धौलागिरि आधार शिविरमा हेलिकप्टर दुर्घटना

Gandaki Pardesh notice

बेनी, । म्याग्दी स्थित धौलागिरि आधार शिविरमा आइतबार दिउँसो हेलिकप्टर दुर्घटना भएको छ । हेलिकप्टरमा रहेका पाइलट र एक जना शेर्पा भने शकुशल छन् ।
धवलागिरी गाउँपालिका–४ स्थित इटली आधार शिविर देखि आरोहीका सामान लिएर धौलागिरि आधार शिविर गएको एभरेष्ट एयरको नाइनएन एएनबी कल साइनको हेलिकप्टर दुर्घटना भएको हो । हेलिकप्टर ल्याड हुने क्रममा दुर्घटनामा परेको ताकम प्रहरी चौकीले जनाएको छ ।
उहाँका अनुसार पाइलट प्रिया अधिकारी र सँगै गएका शेर्पा पासाङ शेर्पा सकुशल रहेका छन् । बिहान १०.४५ तिर धवलागिरी गाउँपालिका–७ बाट उडेको हेलिकप्टर आधार शिविरबाट नफर्किएपछि र सम्पर्क नभएपछि खोजीका लागि दिउँसो एयर डाइनेष्टिको हेलिकप्टर पठाइएको थियो ।
खोजीका लागि गएको डाइनेष्टिको हेलिकप्टरले अधिकारीलाई उद्दार गरेर पोखरा लगेको ताकमका वडा अध्यक्ष अशोक खत्रीले जानकारी दिनुभयो । उद्धारका लागि आधार शिविर गएको हेलिकप्टर फर्किएर ताकममा ल्याड गरेपछि पोखरातर्फ गएको थियो । हेलिकप्टरमा पाइलट अधिकारी र शेर्पा पासाङ शेर्पा चढ्नुभएको थियो । ल्याड हुने क्रममा ढिस्कोमा ठोक्कीएर हेलिकप्टर दुर्घटना भएको पाइलट अधिकारीले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...