दरुङ जोड्ने सडक निर्माण

Gandaki Pardesh notice

बाबियाचौ, । म्याग्दीको मंगला गाउँपालिका–२ दरुङ गाउँ सडक सञ्जालमा जोडिएको छ । दणवाङ–दरुङ–हिदि हुदै मालिका धुरी जोड्ने सडक आयोजना अन्तरगत रणवाङ–दरुङ खण्डको मार्ग खुलेको हो ।
गाउँमा पहिलो पटक सडक र सवारी साधान पुगेपछि दरुङवासीमा खुसीयाली छाएको छ । वडा, प्रदेश सरकारका साथै प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत विभिन्न निकायको सहयोगमा वि.स. २०७४ देखि सडक निर्माण शुरु भएको थियो । यो सडकको दुरि करिब ९ किलोमिटर रहेको पुर्व वडा सदस्य चक्रलाल पाण्डे (राजु)ले बताउनुभयो ।
उहाँका अनुसार सडक निर्माणमा गाउँपालिका र वडा कार्यालयले रु. ६८ लाख, प्रधानमन्त्री रोजगार कार्यक्रमको रु. २७ लाख र गण्डकी प्रदेश सरकारको रु. २० लाख खर्च भएको छ । दरुङ, हिदी, खात्रुङखोलाका १६० घरधुरी लाभान्वित भएका छन् । मालिका गाउँपालिकाको उपल्लो दुखुका बासिन्दाले पनि प्रयोग गर्छन् ।

Bhautik ministry notice about road


बाबियाचौरमा आवत जावतका साथै कृषि उपज निकासी, दैनिक उपभोग्य र निर्माण सामग्री ढुवानी गर्न सहज भएको छ । उकालोमा डेढ घण्टा भन्दा बढी अत्यासलाग्दो यात्रा गर्नुपर्ने बाध्यता हटेको छ । डेढ घण्टाको यात्रा तीस मिनेटमा छोटिएको छ ।
सडक र दरुङको मौवाबोट बाल विकास केन्द्रको भवन शनिबार मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले उद्घाटन गर्नुभयो । अध्यक्ष रोकाले यो सडकबाट दरुङ, हिदीका साथै मालिका धुरी जाने आउने धार्मिक पर्यटकलाई सुविधा पुग्ने गरी विस्तारका लागि योजनालाई निरन्तरता दिने बताउनुभयो ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष पेमा अधिकारी, वडा अध्यक्ष धनबहादुर खाती क्षेत्री, उद्योग वाणिज्य संघ मंगला इकाईका सभापति चक्रलाल पाण्डे (राजु) लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो । सडक निर्माण समितिका अध्यक्ष इश्वर खत्रीले सडक निर्माणमा सहयोग गर्ने पालिका लगायत निकाय र स्थानीयबासीलाई धन्यवाद दिनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...