पाखापानीमा पशु स्वास्थ्य शिविर

Health and samajik ministry notice

पाखापानी, । म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीमा शनिबार पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर सम्पन्न भएको छ ।
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले पाखापानीको वडा कार्यालयसँगको समन्वयमा शिविर आयोजना गरेको हो । शिविरमा ८२ जना कृषकहरुले सेवा लिएका केन्द्रका प्रमुख जिवनप्रसाद आचार्यले जानकारी दिनुभयो ।
४२ गाई, १११ भैसी, २६७ बाख्रा, ५५९ कुखुरा, १०७ गोरु, ३४१ भेडा र ३ वटा कुकुर गरि कुल एक हजार ४३२ पशुपंक्षीको लागि औषधी वितरण गरिएको छ ।

८७३ पशु र ५५९ पंक्षीका लागि लक्षण अनुसारको औषधी वितरण गरिएको भेटेरीनरी अस्पतालका नायव पशु सेवा प्राविधिक गणेश रिजालले बताउनुभयो । कृषकहरुले बताएको लक्षणको आधारमा परामर्श र औषधी वितरण गरिएको हो । केही बिरामी पशुको कृषकको गोठमै पुगेर नमुना संकलन गरिएको छ ।

Shreekrishna hardwear in news


कृषकहरुलाई पशुको स्वास्थ्य प्रति सचेत बनाउने र ग्रामिण क्षेत्रमै चिकित्सकको उपस्थितिमा सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको हो । पाखापानी, ठाडाखानी, कमनाथ, रायखोर, कोटगाउँ, कालावाङ, औला, उल्लेरी लगायत बस्तिका कृषकहरुले सेवा लिएका थिए ।
आचार्यको नेतृत्वमा अन्नपूर्ण गाउँपालिकाका पशु चिकित्सक सन्तोष गिरि, भेटेरीनरी अस्पतालका पशु चिकित्सक लक्ष्मीप्रसाद पौडेल, अधिकृत रामकृष्ण सुवेदी, नायव प्राविधिक सहायक गणेश रिजाल, प्राबिधिक नमिता कटुवाल, वडामा कार्यरत पशु सेवा प्राविधिक सुविता पुन लगायतले सेवा दिनुभएको थियो ।

Bhautik ministry notice about road


शिविरको उद्घाटन गर्नुहुदै वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले कृषकहरुले पशु, पंक्षीको स्वास्थ्यमा मानिसको जस्तै संवेदनशिल भएर पौष्टिक तत्व, आहरा, औषधी उपचारमा ध्यान दिन सकेमा उत्पादन राम्रो लिन सकिने बताउनुभयो ।
पाखापानीका भेडापालक कृषक बिरबहादुर पुर्जाले गाउँमै सेवा पाउँदा सदरमुकाम पुग्नुपर्ने समय र खर्चको बचत भएको बताउनुभयो । कृषकहरुले आगामी दिनमा शिविरका क्रममा पर्याप्त औषधीको व्यवस्थापन गरिदिन आग्रह गरेका थिए ।
शिविरका अलावा पाखापानी र झिँका अगुवा कृषक, जनप्रतिनिधि, टोल सुधार समितिका पदाधीकारीहरुलाई पशुमा पूर्ण खोप सम्बन्धी वडा स्तरीय अभिमुखीकरण गरिएको थियो । पशुलाई महामारीजन्य रोगबाट बचाउन खोप अभियानमा सहभागी हुन आग्रह गरिएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...