बगरफाँटका बासिन्दा खानेपानी र सडक सुबिधाबाट बञ्चित

Gandaki Pardesh notice

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै जोडिएको पर्वतको जलजला गाउपालिकाको वडा न. २ र ३ मा पर्ने बगरफाँटका बासिन्दा सडक र खानेपानीको सुबिधाबाट बञ्चित भएका छन् ।

गत असार २५, २६ र साउन ५ गते कालीगण्डकीमा आएको बाढीले कालीपुल पारिको भिरको फेदीको सडक बगाएपछि यातायात सम्पर्क बिच्छेद भएको बगरफाँटमा शुक्रबार राती देखि खानेपानी पनि अवरुद्ध भएको छ ।

वारीबेनी लिफ्ट खानेपानी आयोजनाको बगरफाँटतर्फ जाने मुख्य पाइपलाइन कालीपुलको पुरानो झोलुङ्गे पुल नजिकै खसेको पहिरोले फुटाएपछि खानेपानी अवरुद्ध भएको हो । कालीपुलमा ल्याइएको पाइप पनि पुरेको स्थानीय मनिता गौचनले बताउनुभयो । दुई वटा वडाका करिब चार सय घरधुरी सडक र खानेपानी सुबिधाबाट बञ्चित भएका जलजला–३ का वडा अध्यक्ष रबी भण्डारीले बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

शुक्रबारको पहिरोले वारीबेनी हुदै बगरफाँट जोड्नै पैदलमार्ग समेत भत्काएको छ । बाढीको बगाएको सडक खोलामा पानीको सतह घटेपछि मात्र मर्मत गरेर सञ्चालन गर्न सकिने अवस्था छ । खानेपानी आयोजना मर्मत नहुँदा सम्मका लागि स्थानीय मुहान र पुराना धाराको पानी उपभोग गर्ने ब्यवस्था मिलाइएको छ ।

बर्षेनी सडक कटान गर्ने समस्या भएकाले कालीपुल देखि बगरफाँट जोड्ने मोटरेबल पुल निर्माणको माग गरिएको वडा अध्यक्ष भण्डारीले बताउनुभयो । यसैबीच पर्वत बेनी लिफ्ट खानेपानी आयोजनाको पानी संकलन गर्ने टंकीमा पहिरो खसेर र मुहानमा कालीगण्डकीले कटान गरेर जोखिम बढाएको छ ।

खानेपानी आयोजना मर्मतका लागि पचास लाख रुपैयाँ बिनियोजन भएको उपभोक्ता संस्थाले जनाएको छ । संस्थाका अध्यक्ष लोकनाथ रेग्मीले पहिरोको थप जोखिम भएकाले पहल गरिएपनि एक दुई दिन पाइप जडान गर्न कठिन भएको बताउनुभयो ।

स्थलगत निरिक्षण गरि पाइप जडान गर्न गएपनि ओडार परेको पहिरो खस्ने डर भएकाले काम गर्न नसकेर फर्किएको रेग्मीले बताउनुभयो । संस्था मार्फत बगरफाँटका २२५ घरमा निजी धारा जडान गरिएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...