जलजलामा वडामै पुगेर योजना तर्जुमा

Gandaki Ghumau

जलजला । पर्वतको जलजला गाउँपालिकाको भौतिक पूर्वाधार समितिले योजना तर्जुमा कार्यक्रम सम्पन्न गरेको छ ।

गाउँ कार्यपालिका अन्तरगतको भौतिक पूर्वाधार समितिले आगामी आर्थिक वर्ष २०८०÷०८१ को लागि वडा स्तरमा कार्यक्रम गरेको हो । यही चैत १२ गते वडा नम्बर १ बाँसखर्कबाट शुरु भएको कार्यक्रम २२ गते वडा नम्बर ९ बनौमा पुगेर सकिएको हो ।

आगामी आर्थिक वर्षका योजना तथा कार्यक्रम बनाउन वडा स्तरमा जनप्रतिनिधि सहित, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, पुर्व जनप्रतिनिधि, सामाजिक संघ संस्थाका प्रतिनिधिहरुसँग छलफल गरिएको पूर्वाधार समितिका संयोजक टुंगनाथ शर्माले बताउनुभयो ।

Shreekrishna
Gunasthariya Shiksya


पूर्वाधार समितिले पहिलो पटक वडामा पुगेर योजना तर्जुमा गरेको हो । छलफलमा गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य, उपाध्यक्ष दिपक आचार्य, प्रमुख प्रशासकीय अधिकृत कुशल सुवेदी पनि सहभागि हुनुभएको थियो ।

पूर्वाधार समितिका संयोजक शर्माको नेतृत्वमा सदस्यहरु प्रकाश घर्ति क्षेत्री, बलबहादुर पुन, सुनिता खत्री क्षेत्री, पालिकाका योजना शाखा प्रमुख तथा समितिका सदस्य सचिव गोविन्द जिसी, ईञ्जिनियर सुनिल बानिया पनि सहभागि हुनुभएको थियो ।

जनप्रतिनिधिहरुले आफुखुसी र निकटकालाई मात्र फाइदा पुग्ने गरि योजना, नीति तथा कार्यक्रम र बजेट बनाएको आरोप लागिरहेका बेला जलजलाको पूर्वाधार समितिले सरोकारवालाको सुझाव र अपेक्षालाई पनि सम्बोधन गर्न खोजेको छ ।

योजनाको तर्जुमा देखि कार्यान्वयन तहसम्म जनसहभागिता हुँदा प्रभावकारी र उपलब्धीमुलक हुने विश्वास गरिएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...