सांसद जुग्जालीको धवलागिरीमा जनभेटघाट

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

मुना, । म्याग्दी क्षेत्र (ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली जनभेटघाट अभियान लिएर धवलागिरी गाउँपालिकाका विभिन्न वस्तीमा पुग्नुभएको छ ।

जुग्जालीले बुधबार धवलागिरी गाउँपालिकाको लुलाङ, लमसुङ, खोरीया, मुना, मुदी र मच्छिममा स्थानीयबासी र नेता कार्यकर्ताहरुलाई भेटघाट गरेर धन्यवाद ज्ञापन गर्नुभयो । साथै प्रदेश सरकारको सहयोगमा सञ्चालित योजनाहरुको अनुगमन गर्नुभएको थियो ।

समस्या, आवश्यकता संकलन तथा स्थानीय जनप्रतिनिधि र सरोकारवालासँग छलफलका लागि गाउँ आएको जुग्जालीले बताउनुभयो । पालिका, वडाका जनप्रतिनिधि र स्थानीयबासीहरुले त्यहाँको समस्या र आवश्यकताको बारेमा जानकारी गराउनुभएको थियो ।

Shreekrishna
मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

केन्द्रिय राजनीतिमा नयाँ समिकरण बनेपछि प्रदेश सरकारबाट माओवादी बाहिरिएपछि पुर्व उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री समेत रहेका जुग्जालीले आफ्नो निर्वाचन क्षेत्रका मतदाता र सर्वसाधारणसँग भेटघाटका लागि गाउँ पुग्नुभएको हो ।

जुग्जालीको टोलीमा नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश सदस्य खुमनाथ सुवेदी, नेपाली काँग्रेसका म्याग्दी प्रदेश (ख) का सभापति टंकप्रसाद पुन, धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगर सहभागी हुनुभएको थियो । जुग्जालीले यसअघि मालिका गाउँपालिकाको निस्कोट, रुम, ओखरबोट, महभिर, च्युरीबोटमा जनभेटघाट र अन्तरक्रिया गर्नुभएको थियो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...