फोनिज मुस्ताङको अध्यक्षमा सुन्दरकुमार थकाली

Gandaki Pardesh notice

जोमसोम– नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज मुस्ताङ शाखाको अध्यक्षमा सुन्दरकुमार थकाली निर्वाचित भएका छन् ।

मंगलबार भएको प्रथम जिल्ला अधिवेसनले थकालीको अध्यक्षतामा १० सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । संघको उपाध्यक्षमा शुशिल थकाली, सचिवमा निरज थकाली, सहसचिवमा सोजन हिराचन र कोषाध्यक्षमा तृस्ना गौचन सर्वसम्मत चयन भएका छन् । यसैगरी सदस्यहरुमा रुपिका थकाली, यमुना लामा, रिक्साङ गुरुङ, समिर थापा र कर्साङ गुरुङ चयन भए ।

Bhautik ministry notice about road
Shreekrishna hardwear in news

उनीहरुलाई मंगलबार नै गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रोशन गाहामगरको उपस्थितीमा पदस्थापन गरिएको छ । नवनिर्वाचित अध्यक्ष थकालीले आदिवासी जनजातिको पक्षमा कलम चलाउने प्रतिवद्धता जनाए । मुस्ताङमा आदिवासी जनजातिको बाहुल्यता रहेकाले यससँग सम्बन्धीत संघसंस्थासँग सहकार्य गरेर अघि बढ्ने बताए ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...