मुक्तिनाथको सहकारी शिक्षा

Gandaki Pardesh notice

बेनी । ६६ औ राष्ट्रिय सहकारी दिवसको अवसरमा बेनीको मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्थाले सहकारी शिक्षा कार्यक्रम गरेको छ ।
बेनीमा मुख्य कार्यालय रहेको संस्थाले रघुगंगा गाउँपालिका–२ भगवति र बेनी नगरपालिका–९ घतानमा सेयर सदस्यहरुका लागि सहकारी शिक्षा कार्यक्रम गरेको हो । पोखराका सहकारी अभियान्त सुशिल केसीले सहकारीको अहिलेको अवस्था र सहकारीकर्मीहरुको भूमिकाका विषयमा सहजिकरण गर्नुभएको थियो ।
“नीति र विधिसंगत हिसाबले चलेका सहकारी संस्थाहरु प्रभावकारी हिसाबले चलेका छन्,” उहाँले भन्नुभयो “विश्वास र पारदर्शीतानै सहकारीको सम्पत्ति हो । यसलाई बचाई राख्नुपर्छ ।”

Bhautik ministry notice about road


सेयर सदस्यहरुलाई सहकारीको सैद्धान्तिक र व्यवहारिक पक्षका साथै सेवा सुविधा र फाईदाका विषयमा जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष लिलाराम गौतमले बताउनुभयो । उहाँले मुक्तिनाथ सहकारीको कारोबारको अवस्थाको बारेमा जानकारी गराउदै तरलताको रेसियो असार मसान्त देखि हालसम्मनै १५ प्रतिशतमा रहेको बताउनुभयो । वर्तमान आर्थिक मन्दिले संस्थालाई खासै असर नपरेको बताउनुभयो ।

Shreekrishna hardwear in news

भगवतिमा रघुगंगा सेवा केन्द्र प्रमुख लक्ष्मीप्रसाद सुवेदीको अध्यक्षता, उपाध्यक्ष दण्डपाणी सापकोटाको स्वागत, कोषाध्यक्ष चिरञ्जिवी बोगटीको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्थानीय देबेन्द्रबहादुर मल्ल लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो । शुक्रबार भएको सो कार्यक्रममा ४४ जना सेयर सदस्यको सहभागिता थियो ।
घतानमा सेवा केन्द्र प्रमुख बेलबहादुर चोखालको अध्यक्षता, सहसचिव भावना पौडेलको सञ्चालन, लेखा समिति संयोजक कोमल उपाध्यायको स्वागत, ४२ जनाको उपस्थितिमा सम्पन्न कार्यक्रममा सल्लाहकार सेरबहादुर केसी र सेवा केन्द्र सदस्य हरि सुवेदीले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...