अन्नपूर्ण हिमाल सफाई गर्दै नेपाली सेना

khali

नारच्याङ, । म्याग्दी स्थित अन्नपूर्ण प्रथम हिमाल सरसफाईका लागि नेपाली सेनाको टोली आधार शिविरतर्फ गएको छ ।

आठ हजार ७१ मिटर अग्लो यो हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा अवस्थित छ । कास्कीको पोखरा महानगरपालिकाको आर्थिक सहयोगमा नेपाली सेनाले सरसफाई गर्न लागेको अन्नपूर्ण आठ हजार मिटर अग्लो पहिलो पटक मानव पाइला परेको हिमाल हो ।

वि.स. १९५० मा फ्रान्सका मौरिस हर्गोजले यो हिमालको पहिलो पटक आरोहण गर्नुभएको थियो । मौरिसले अन्नपूर्ण चढेको तीन वर्षपछि १९५३ मा सर एडमण्ड हिलारी र तेन्जिन नोर्गे शेर्पाले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नुभएको थियो ।

Shreekrishna hardwear in news

आरोहण भएको ७२ वर्षपछि अन्नपूर्ण हिमाल र आधार शिविर क्षेत्रमा सरसफाई हुन लागेको गाउँ संरक्षण क्षेत्र व्यवस्थापन समिति नारच्याङका अध्यक्ष तेज गुरुङले बताउनुभयो । “आरोहण र पदयात्राका लागि गएकाहरुले फालेका सामानले फोहोर बढ्दै गएको थियो,” उहाँले भन्नुभयो “पोखराबाट नारच्याङमा आएको सेनाको टोली हुमखोला हुदै शुक्रबार आधार शिविरतर्फ गएको छ ।”

khali

सरसफाई टोलीको नेतृत्व नेपाली सेनाका सहसेनानी भिमबहादुर भुजेलले गर्नुभएको छ । टोलीमा १० जना सेना, २ जना पत्रकार र एक जना शेर्पा सहभागी छन् । सो कार्यका लागि पोखरा महानगरपालिकाले सेनालाई रु. १५ लाख बजेट सहयोग गरेको छ । टोलीले अन्नपूर्ण हिमालबाट १० हजार किलो फोहोर संकलन गर्ने लक्ष्य राखेको नेपाली सेनाको पश्चिम पृतना पोखराले जनाएको छ ।

सेनाले अन्नपूर्ण, सगरमाथा, ल्होत्से र बरुञ्चे हिमालमा ‘सफा हिमाल अभियान २०२३’ सञ्चालन गरेको छ । गण्डकी प्रदेशमा रहेको आठ हजार मिटर अग्लो धौलागिरी र मनास्लु हिमालमा यसअगाडीनै सरसफाई गरिएको थियो । हिमालमा हुने फोहोरले वातावरणको सन्तुलन पनि गुमाएको र गलत सन्देश पनि गएकाले सेनाले सफाइ अभियान चलाएको हो ।

सन २०१९ देखि हिमाल सरसफाई अभियान सञ्चालन गरेको नेपाली सेनाले अघिल्लो वर्ष सगरमाथा, ल्होत्से, मनास्लु र कञ्चनजंघा हिमालबाट कुहिने ७ हजार १५७ किलो फोहोर संकलन गरेको थियो । ३३ हजार ८७७ केजी नकुहिने फोहोर संकलन गर्दा ३ मानव कंकाल फेला परेका थिए ।

अन्नपूर्ण आधार शिविरमा अहिले ७ वटा आरोही टोली छन् । पायनर एडभेञ्चर, सेभेन समिट, इमार्जिङ, इलाइट हिमालयन एडभेञ्चर, ग्लासेयर हिमालयन, पिक परमोसन र नेपाली सेनाको टोली आधार शिविरमा छन् । प्रतिकुल मौसमका कारण आरोहण गर्न सकेका छैनन् । अनुकुल मौसमको पर्खाइमा छन् । आधार शिविर क्षेत्रमा बाक्लो हिउ परेको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...