टोड्केमा होटल व्यवस्थापन तालिम

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको प्रमुख पर्यटकीय स्थल टोड्केमा होटल व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ ।
रघुगंगा, मंगला गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा टोड्के अवस्थित टोड्के हिमाल, सुर्योदय र पहाडी भूगोलको दृष्य अवलोकनका लागि उपयुक्त गन्तब्य हो । रघुगंगा गाउँपालिकाको आर्थिक, धौलागिरी प्राविधिक शिक्षालय लेतेको प्राबिधिक सहयोगमा टोड्के हिल रिसोर्ट एण्ड होमस्टे प्रा.ली.ले तालिमको आयोजना गरेको हो ।
फागुन १६ देखि चैतको १५ गतेसम्म सञ्चालन भएको तालिममा कुक, वेयटर र हाउस किपिङ सम्बन्धी सैद्धान्तिक तथा व्यवहारिक ज्ञान सिप प्रदान गरिएको थियो । तालिममा रघुगंगा, मंगला गाउँपालिका र बेनी नगरपालिकाका २० जना सहभागि भएका टोड्के हिल रिसोर्ट एण्ड होमस्टे प्रा.ली.का सञ्चालक भिमप्रसाद शेरचनले बताउनुभयो ।
टोड्के, धौलागिरि सेञ्चुरी र आइसफल पदमार्गको भ्रमणमा आउने पर्यटकहरुलाई आवास तथा खानपानको सहज व्यवस्थापनको सुविधाका साथै आयआर्जन र रोजगारी सिर्जनाका लागि तालिमले सहयोग पुग्ने रघुगंगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले अपेक्षा गर्नुभयो ।
समापन कार्यक्रमका प्रमुख अतिथि भण्डारीले सहभागिहरुलाई प्रमाणपत्र वितरण गर्दै सिकेको सिपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । टोड्के जोड्ने सडक स्तरोन्नतिलाई प्राथमिकता दिएको अध्यक्ष भण्डारीले बताउनुभयो ।
समुन्द्रि सतहदेखि दुई हजार ४०० मिटर उचाईमा अवस्थित टोड्केबाट गुर्जा, चुरेन, मानापाथी, धौलागिरि, निलगिरि, अन्नपूर्ण, माछापुच्छे« र लमजुङ हिमाल छर्लङ्ग अवलोकन गर्न सकिन्छ । टोड्के भ्रमणमा जाने पाहुना तथा पर्यटकको सुविधाका लागि त्यहाँ सुविधा सम्पन्न होमस्टे सहितको रिसोर्ट सञ्चालन भएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...