ताकमकोतमा हनुमानको मुर्ति राखिदै

Sinchai Khanipani notice

ताकम, । धवलागिरी गाउँपालिका–७ स्थित म्याग्दीको ऐतिहाँसिक ताकमकोतमा हनुमानको मुर्ति स्थापना गर्न लागिएको छ ।

धार्मिक पर्यटकीय हिसाबले प्रशस्त सम्भावना बोकेको ताकमकोतको आकर्षण बढाउन हनुमानको मुर्ति राख्न लागिएको हो । धवलागिरी गाउँपालिका–७ ताकमका वडा अध्यक्ष अशोक खत्रीले काठमाडौबाट १२ फिट अग्लो हनुमानको मुर्ति बनाएर ताकमकोतमा ल्याई जडान गर्न थालिएको जानकारी दिनुभयो ।

“ललितकला केन्द्रका प्रमुख नरेन्द्रराज भण्डारीको नेतृत्वमा हनुमानको मुर्ति बनाइएको हो,” उहाँले भन्नुभयो “शुक्रबारदेखि मुर्ति जडान गर्न थालिएको छ ।”

Shreekrishna hardwear in news

मुर्ति स्थापनाका लागि धवलागिरी गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९÷८० मा रु. तीन लाख पचास हजार बिनियोजन गरेको छ । कुल रु. २५ लाख पचास हजार भन्दा बढी लागत अनुमान गरिएको छ । अमेरिकामा रहनुभएका ताकमका रघुनाथ सुवेदीको अगुवाइमा आर्थिक संकलन अभियान सञ्चालन भएको छ ।

Bhautik ministry notice about road

टाढाबाट देखिने गरि राखिने हनुमानको मुर्ति राख्ने ठाउँ भन्दा अगाडी पुरातत्व विभागले बनाएको मन्दिरमा राम र सिताको मुर्ति राख्ने ठाउँ बनाइएको छ । स्वदेश तथा विदेशमा रहेका ताकम र आसपासका गाउँका बासिन्दाहरुबाट तीन वर्षअघि रु. असी लाख चन्दा जुटाएर कोतघर र अन्नपूर्ण–जगन्नाथ मन्दिरको पुननिर्माण भएको थियो । रु. १५ लाख खर्चेर जगन्नाथ र अन्नपूर्ण देवताको मुर्ति राखिएको छ । सोहै औ शताब्दीमा निर्माण भएको ताकमकोत वि.स १९९० र २०७२ को भुकम्पका कारण जिर्ण बनेको थियो ।

ताकमकोतको एकिकृत विकास गर्ने उद्देश्यले तयार पारिएको गूरुयोजना अनुसार पहिलो कोतघर, अन्नपूर्ण–जगन्नाथ मन्दिर, सत्तल र सार्वजनिक शौचालय निर्माण भएको छ । ताकमकोतको पुर्बाधार निर्माणमा धवलागिरी गाउँपालिका र पर्यटन मन्त्रालयले पनि करिब रु. एक करोड पचास लाख लगानी गरेका छन् ।

म्याग्दीको प्रमुख शक्तिपिठ मानिने ताकमकोतको जगन्नाथ अन्नपूर्ण मन्दिरमा पुजाआजा र भाकल गरेमा मनोकाक्षा पुरा हुने विश्वास छ । जगन्नाथ, अन्नपूर्ण, दुर्गा लगायत देवी देवताको मुर्ती रहेका यहाँ नवदुर्गा, जेष्ठी पुर्णीमा, मंसिर पुर्णीमा, चैत्राष्टमी पर्वका अवसरमा बिशेष मेला लाग्ने गर्छ ।

वि.स १२४६ देखि १५४५ सम्म बगाले थापाको र १५४६ देखि १८८२ सम्म मल्ल राजाले कोत घरको रुपमा समेत प्रयोग भएको उक्त मन्दिरमा ऐतिहाँसिक महत्वका तोप, तरबार, खुँडा, खुकुरी, ढाल लगायतका हातहतियार छन् ।

समुन्द्रि सतहदेखि दुई हजार ५०० मिटरको उचाईमा अवस्थित ताकमकोतबाट गुर्जा, धौलागिरि, निलगिरि, अन्नपूर्ण र माछापुच्छ्रे हिमशृङखलाको साथै मनोरम पहाडी भुगोल, ग्रामिण बस्ती र सुर्योदयको दृष्य अवलोकन गर्न सकिन्छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...