बाबियाचौरमा कवर्डहल निर्माण

Sinchai Khanipani notice

बाबियाचौर, । म्याग्दीको बावियाचौरमा वहुउद्देश्यीय कर्वड हल निर्माण भएको छ । बाबियाचौर मंगला गाउँपालिकाको केन्द्र हो ।
मंगला युवा क्लवले निर्माण गरेको कर्वड हलको बिहिबार गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले उद्घाटन गर्नुभएको थियो ।
कर्वड हल निर्माणमा गाउँपालिकाबाट ११ लाख, पूर्वाधार विकास कार्यालयबाट रु. ५ लाख र वडा कार्यालयबाट रु. ५ लाख आर्थिक सहयोग प्राप्त भएको क्लवका अध्यक्ष नविन अधिकारीले जानकारी दिनुभयो । तत्कालीन प्रदेश सांसद नरदेवी पुनको सिफासिरमा निर्वाचन पूर्वाधार विकास कार्यक्रम मार्फत गत आर्थिक वर्षमा पूर्वाधार विकास कार्यालयले बजेट बिनियोजन भएको थियो ।
कवर्डहलमा ब्याडमिन्टन, टेबल टेनिस, कराते, तेक्वान्दो, उसु, कवड्डी लगायतका खेल संचालन गर्न सकिने उहाँले बताउनुभयो । “खेलाडीहरुलाई अभ्यास र प्रतियोगिता सञ्चालन गर्न सहज भएको छ,” उहाँले भन्नुभयो “फुर्सदको समय सदुपयोग, शारिरिक ब्यायम गर्न चर्को घाम, पानीमा रुझ्दै भिज्दै खेल्नु पर्ने अवस्था हटेको छ ।”
वावियाचौरमा तिब्र रुपमा सहरीकरण र बस्ति विकास भएको छ । हालै वावियाचौरमा बालबालिका र जेष्ठ नागरिकहरुलाई लक्षित गरेर उद्यान निर्माण गरिएको थियो । कर्वड हलको उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष रोका, प्रमुख प्रशासकिय अधिकृत पूर्णबहादुर खत्री, वडाअध्यक्ष धनबहादुर खातीको मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...