सन्देशमुलक लघुचलचित्र ‘एक्लो यात्रा’ (भिडियो सहित )

Sinchai Khanipani notice

बेनी, १० असोज । जिबन नाम गरेका एक युवाले घरपरिवारको असहमतिका बाजजुद प्रेमिकासँग बिवाह गर्छन् । जसका कारण उनले घर छोड्नुपर्ने हुन्छ ।

गर्भवति श्रीमति र पेटभित्रको बच्चाको मृत्यु हुन्छ । पारिवारिक बिछोडका कारण जिबनले एक्लो महशुस गर्छन् । साथिभाइले सम्झाउन खोज्दा पनि मान्दैनन् । मदिरा सेवन गर्ने कुलतमा फस्छन् । मनमा नकारात्मक कुरा खेलिरहन्छ । असामान्य ब्यवहार देखाउछन् ।

तर जिबनलाई श्रीमतिले तिमि बाँच है भनेको सम्झना आउँछ । दिवंगत श्रीमतिको भनाई सम्झीएर नयाँ जिबन सुरु गर्ने साहसका साथ घर फर्कन्छन् । टुटेको परिवारलाई जोड्ने र बाच्ने प्रण गर्छन् । यही कथाको वरिपरि बनेको छ लघुचलचित्र “एक्लो यात्रा ” ।

Shreekrishna hardwear in news

कोरोना भाइरसले पारेको मनोवैज्ञानिक असर र अन्य कारणले बढेको आत्महत्याको सामाजिक समस्या बिरुद्ध सन्देश प्रवाह गराउने उद्देश्यले निर्माण भएको लघुचलचित्र “एक्लो यात्रा” सार्वजनिक भएको छ ।

Bhautik ministry notice about road

सुभास थापामगरले लेखन, निर्देशन र सम्पादन गर्नुभएको लघुचलचित्रमा चन्द्रप्रकाश बुढामगरले जिबनको भूमिकामा अभिनय गर्नुभएको छ । कथामा डाक्टरको रुपमा श्यामकुमार श्रेष्ठ देखिनुभएको छ ।

‘सामाजिक समस्याको रुपमा देखिएको आत्महत्यालाई न्युनीकरण गर्न कसरी सन्देश प्रवाह गराउन सकिन्छ भनेर खाना खान रेष्टुरेष्टमा भेट हुँदाको छलफलका क्रममा लघुचलचित्र बनाउने सोच आयो,’ निर्देशक थापाले भन्नुभयो ‘दृष्य, शब्द, सम्पादनमा हामीसँग उपलब्ध भएको सिप, अनुभव र प्रबिधि प्रयोग गरेका छौ ।’

अन्य अभिनय गर्नेहरु पनि स्थानीयनै हुनुहुन्छ । नौ मिनेट लामो भिडियो बेनी बजार, लामा रेष्टुरेष्ट, बगरफाँट, लभ्लिहिल, कोप्रे झरना, खुल्ला मञ्च र म्याग्दी र कालीगण्डकीको दोभानमा छायांकन गरिएको छ ।

स्थानीय परिवेश र सामाजिक बिषयबस्तुलाई समेटिएको लघुचलचित्र सन्देशमुलक छ । बिशेष गरेर युवा पुस्तालाई सकारात्मक सन्देश दिन खोजेको छ । जिबनले नयाँ जिबन कसरी सुरु गरे भन्ने बिषय भने कथामा छुटेको छ । कौतुहलता मेटाउन निर्माताहरुलाई कथाको अर्को भाग पनि बनाउनुपर्ने हुन सक्छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...