राष्ट्रिय परिचयपत्रमा धर्म सम्बन्धी विवरण हटाउन मंगोलको माग

Gandaki Pardesh notice

बेनी, । मंगोल नेशनल अर्गनाईजेसन म्याग्दीले राष्ट्रिय परिचयपत्र दर्ताका क्रममा धर्म सम्बन्धी विवरणमा संवेदनशिन हुन माग गरेको छ ।

अर्गनाईजेशनका म्याग्दी संयोजक डेगबहादुर पुन (डिके) र नेता दिपक पुनको टोलीले मंगलबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउदै राष्ट्रिय परिचयपत्र बनाउने फारममा भर्नु पर्ने धर्म सम्बन्धी विवरण नागरिकलाई नसोधी÷नबुझी एउटा मात्र धर्म विशेषको बाहुल्यता बनाउने भरिएको भन्दै ध्यानाकर्षण गराउनुभएको हो ।

Bhautik ministry notice about road

प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल मार्फत गृह मन्त्रालय र राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागमा ज्ञापनपत्र पठाएका हुन् । संवेदनशिल विषयमा अनावश्यक रुपमा धर्मको उल्लेख गर्ने पर्ने बाध्यकारी व्यवस्था गर्नु धर्मनिरपेक्षताको मर्म विपरित भएकाले सो विवरण राख्ने व्यवस्था हटाउन मंगोलले माग गरेको छ ।

Shreekrishna hardwear in news
Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...