बालगृहलाई कलाकार दुतराजको म्युजिकल टुरको सहयोग

Gandaki Pardesh notice

बेनी, । बेनीमा अभिभावकाविहिन बालबालिकाको आश्रय र शिक्षादीक्षाका लागि सञ्चालित धौलागिरि क्षेत्रकै एकमात्र ‘म्याग्दी बालगृह’का बालबालिकालाई लोकप्रिय गायक प्रकाश दुतराजको ‘म्यूजिकल टुर’जापानले करिब रु. ४३ हजार बराबरको सहयोग गरेको छ ।

जापानको सांगीतिक यात्राको संयोजन गरेको गजव इन्टरटेन्मेन्टले बालगृहका बालबालिकाको सहयोगार्थ नाङ्गलो घर टोकियो जापानको प्रायोजनमा आयोजित कायैक्रममा बालबालिकालाई झोला, ट्रयाक, स्टेशनरी र खाद्यान्न लगायतका साम्रागी बेनी नगरपालिकाका मेयर सुरत केसी, देबकुमार श्रेष्ठले बाल संगठनका अध्यक्ष राजेश शाक्य, उपाध्यक्ष ज्ञानेन्द्र श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

सहयोग हस्तान्तरण गदैं मेयर केसीले गायनको क्षेत्रमा फरक पहिचान बनाउन सफल प्रकाश दुतराजको बाल्यकाल र उच्च शिक्षासम्म सामान्य अवस्थामा वितेको बताउँदै म्याग्दीमा जन्मिएर गायन क्षेत्रमा प्राप्त उचाईबाट उत्साहित भएको बताउनुभयो । मेयर केसीले बालगृहको क्षम विस्तार तथा बालबालिकालाई थप प्रोत्साहनका लागि आवशयक सहयोग गर्ने बताउनुभयो ।

सहयोग हस्तान्तरण कार्यक्रममा बालसंगठनका अध्यक्ष शाक्यले पूर्वाधार विस्तारमा थप सहयोग आवश्यकता रहेको बताउनुभयो । बालबालिकाको सुविधा र सहजताका लागि पूर्वाधार विस्तार गर्न लागिएकाले यथासक्य आर्थिक सहयोग गर्न मनकारी व्यक्ति, संघसंस्था तथा विभिन्न निकायलाई आग्रह गर्नुभएको थियो ।

सोही अवसरमा मोना जापानका अध्यक्ष समेत रहनुभएका प्रायोजक सचिन श्रेष्ठले म्यूजिकल यात्राबाट संकलन भएको सहयोग बालबालिकालाई भविस्यमा समेत सहयोग गर्ने बताउँदै सहयोगको सदुपयोग गर्न अनुरोध गर्नुभयो । बालगृहमा हाल १० बालबालिका आश्रित छन् ।

बुवाआमा दुवै नभएका बालबालिकालाई बालगृहमा आश्रय दिएर एसइईसम्मको शिक्षाको व्यवस्था मिलाइएको छ । २०४८ मा स्थापना भएको बालगृहमा आश्रय लिएर हालसम्म २० भन्दा बढी अनाथ बालबालिकाले एसइईसम्मको अध्ययन गरेको संगठनले जनाएको छ ।
ता
बालगृह भवनको सटर भाडा, अक्षयकोषको ब्याज, विभिन्न व्यक्ति तथा संघसंस्थाले उपलब्ध गराउने नगद तथा जिन्सी सामग्री सहयोगको भरमा बालगृह सञ्चालन हुँदै आएको छ । सहयोग हस्तान्तरण कार्यक्रमको लोकदोहारी प्रतिष्ठान म्याग्दीका अध्यक्ष धुब्र जिसी, गण्डकी प्रदेश समितिका सदस्य अमित विश्वकर्मा लगायतको उपस्थिती रहेको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...