बेनपाका कृषकलाई बाख्रापालन सम्बन्धी तालिम

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको बेनी नगरपालिकाका कृषकहरुका लागि आयोजित व्यवसायिक बाख्रापालन सम्बन्धी तालिम मंगलबार सम्पन्न भएको छ ।

बेनी नगरपालिकाको पशु सेवा शाखाको आयोजनामा तीन दिनसम्म सञ्चालन भएको तालिममा १० वटै वडाका बाख्रापालक २५ जना कृषकको सहभागिता थियो ।

Bhautik ministry notice about road

बरिष्ठ पशु विकास अधिकृत भरतराज गौतम र अपार पौडेलले तालिमको सहजिकरण गर्नुभएको थियो । ब्यवसायिक बाख्रापालनको सम्भावना, अवस्था, समस्या र चुनौतिका साथै प्राविधिक विषयमा तालिम दिइएको नगरपालिकाको पशु सेवा शाखाका प्राबिधिक प्रदिप गौतमले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

तालिमको समापन गर्दै नगरप्रमुख सुरत केसीले नगरपालिकाको ग्रामिण क्षेत्रमा बाख्रापालनको विकास गरि रोजगारी सिर्जना र मासुमा आत्मनिर्भर बनाउने नगरपालिकाको योजना रहेको बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...