लुलाङमा सडक पुग्यो

Sinchai Khanipani notice

लुलाङ, । म्याग्दीको धवलागिरी गाउँपालिकाको –२ को लुलाङ बस्ती सडक सञ्जालमा जोडिएको छ ।

वडा कार्यालय रहेको लमसुङ हुदै लुलाङ जोड्ने सडक निर्माण भएको हो । गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले लमसुङ–लुलाङ–गुर्जा सडक आयोजना अन्तरगत लमसुङ देखि लुलाङ जोड्ने सडकको मार्ग खुलेको जानकारी दिनुभयो ।

“गत पुष महिनामा गाउँपालिकाको केन्द्र मुना देखि वडा नम्बर २ को खोरीया हुदै लमसुङ सम्म सडक जोडिएको थियो,” उहाँले भन्नुभयो “लुलाङ देखि गुर्जा तर्फ सडक निर्माण जारी छ ।” अनुगमनका लागि मंगलबार लुलाङ पुगेका गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुलाई स्थानीयबासीले स्वागत गरेका थिए ।

Shreekrishna hardwear in news

२०० भन्दा बढी घरधुरीको बसोबास रहेको लुलाङ म्याग्दीको सबैभन्दा ठूलो दलित बस्ती हो । छिमेकी वडा नम्बर १ गुर्जाका बासिन्दालाई पनि यो सडकले सुविधा पुगेको वडा अध्यक्ष अकप्रसाद बिकले बताउनुभयो ।

Bhautik ministry notice about road

लमसुङ–लुलाङ–गुर्जा सडक निर्माणमा यस वर्ष गण्डकी प्रदेश सरकारले रु. ८० लाख र धवलागिरी गाउँपालिकाले रु. ४५ लाख बिनियोजन गरेका छन् । गाउँपालिकाका प्राविधिक शाखाका प्रमुख लोकेन्द्र रावलले डोजर परिचालन गरेर दुई हजार १०० मिटर र मजदुर परिचालन गरेर १११ मिटर सडक निर्माण भएको जानकारी दिनुभयो ।

३७१ घनमिटर ग्यावीयन पर्खाल निर्माण भएको छ । सोलिङ र मेसिनरी पर्खाल निर्माण जारी छ । लमसुङ बस्तीमाथिको भिरालो पाखोमा मजदुर परिचालन गरेर सडक खनिएको हो । १११ दुरिमा डोजरको विकल्पमा सडक निर्माणमा बाउसो, कोदालो, गैची, बेल्चा, गल, घन जस्ता घरेलु औजार प्रयोग गरिएको थियो । अन्य ठाउँमा भने डोजर प्रयोग गरिएको हो ।

“पाखोमा डोजर चलाउँदा स्वास्थ्य चौकी, वडा कार्यालय र विद्यालय भवन सहितको लमसुङ बस्तिमा पहिरो खस्ने देखिएकाले मानिसलेनै बाटो खनिएको हो,” उपभोक्ता समितिका सचिव ज्ञानबहादुर पाईजाले भन्नुभयो “बस्तीलाई जोगाउन डिलतर्फ ग्यावीयन पर्खाल बनाएर माटोले पुर्ने र बढी भएको माटो ट्याक्टरमा हालेर जुगेपानीको खोल्सामा लगेर फालेका छौ ।”

तीन वर्षको प्रयासपछि महतलाको भिरमा १०० मिटर मार्ग खोल्ने र स्तरोन्नति गरेपछि गत पुषमा खोरीया र लमसुङ सडक यातायातको सञ्जालमा जोडिएका थिए ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...