कराते खेलाडीलाई बल्याक बेल्ट र दोस्रो डानको प्रमाणपत्र बितरण

Add Samajik bikash office

बेनी । म्याग्दीका १४ जना कराते खेलाडीलाई बल्याक बेल्ट र चार जनालाई करातेको दोस्रो डानको प्रमाणपत्र बितरण गरिएको छ ।

नेपाल सितेरियो कराते संले पोखरामा सञ्चालन गरेको ग्रेडिङ कोर्समा सहभागि भई उतिर्ण भएका खेलाडीहरुलाई शनिबार प्रमाणपत्र र बेल्ट प्रदान गरिएको हो । नेपाल सितेरियो कराते संघ म्याग्दीका कार्यबाहक अध्यक्ष बिरेन्द्र श्रेष्ठ र कोषाध्यक्ष चन्द्रा घलेले संघले प्रदान गरेको प्रमाणपत्र र बेल्ट बितरण गर्नुभएको थियो ।

Bhautik ministry notice about road

बल्याक बेल्ट पाउनेहरुमा सुदिक्षा बुढा, अनिमा शर्मा, रिट्रोना बानिया, अबिनास राय, सिमित शर्मा, एलेक्स गुरुङ, एन्जु राम्जाली, पवित्रा पुन, सृष्टि घिमिरे, मेनुका बानिया, किशोर पुन, प्रशान्त थापा, असिला बानिया र अस्मिता तामाङ रहेका छन् ।

Shreekrishna hardwear in news

यसैगरी बिना घर्तिमगर, सागर चोखाल, कृष थापा र सुमन बानियाले बल्याक बेल्ट पाएका छन् ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...