कैदीबन्दीको आँखा परिक्षण

Gandaki Pardesh notice

बेनी, । बेनी नगरपालिका–२ खबरामा रहेको जिल्ला कारागार म्याग्दी का कैदीबन्दीको सोमबार निशूल्क आँखा परिक्षण गरिएको छ ।

नेत्रज्योती संघको ४५ औ स्थापना दिवसको अवसरमा जिल्ला शाखाको आयोजनामा आँखा परिक्षण गरिएको हो । ७३ जना कैदीबन्दीको आँचा परिक्षण गरेर निशूल्क चश्मा तथा औषधी वितरण गरिएको नेत्रज्योती संघ म्याग्दीका सचिव राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
संघका जिल्ला अध्यक्ष अमर बानियाको नेतृत्वमा आँखा परिक्षण गरिएको थियो । संघका प्राबिधिक दिनेश बानिया नेतृत्वमा स्वास्थ्यकर्मीहरुले परामर्श र परिक्षण सेवा दिनुभएको थियो ।

Bhautik ministry notice about road
Shreekrishna hardwear in news

कार्यक्रममा संघका कोषाध्यक्ष बसुधा श्रेष्ठले स्वागत गर्नुभएको थियो । नेपालमा अन्धोपना निवरण गर्न वि.स. २०३५ मा नेपाल नेत्रज्योती संघको स्थापना भएको थियो । म्याग्दीमा वि.स २०७७ साउन देखि संघले बेनीको क्याम्पसचोकमा आँखा उपचार केन्द्र सञ्चालन गरेको छ ।
स्थानीय तहहरुसँग समन्वय गरेर हालै रघुगंगा गाउँपालिकाको पाखापानी, मंगलाको कुहुँ, अन्नपूर्णको राम्चे, हिस्तान, शिख, बेनीको डाडाखेतमा निशुल्क आँखा शिविर आयोजना गरेको थियो । चैत पहिलो साता बेनीमा सञ्चालन भएको आँखा शिविरा ८२ जना मोतियाबिन्दुका बिरामीको निशूल्क शल्यक्रिया गरिएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...