बालगृहमा सहयोग गरी लोकदिप सहकारीले मनायो १० औं स्थापना

Gandaki Pardesh notice

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित लोकदिप बचत तथा ऋण सहकारी संस्थाको १० औं वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम गरी मनाइएको छ। स्थापना दिवसको अवसरमा नेपाल बाल संगठनद्धारा सञ्चालित बालगृहमा रहेका अभिभावकविहिन बालबालिकालाई खाद्यान्न वितरण तथा न्यिदब िःयलभथ ध्भभप ( द्दण्द्दघ मनाउने सन्दर्भमा एक दिवसीय युवा लक्षित वित्तीय साक्षरता कार्यक्रम मनाइएको छ । बाल संगठनका सचिव सन्दिप खत्रीमार्फत बालगृहका बालबालिकालाई ७ हजार बराबरको खाद्यान्न साम्रागी वितरण गरिएको थियो ।

Bhautik ministry notice about road

दिवसको अवसरमा आयोजित कार्यक्रमको उद्घाटन गदैं राष्ट्रिय सहकारी बैंकका सञ्चालक एवम् गण्डकी प्रदेश संयोजक रामबहादुर जिसीले सहकारी संस्थाहरुले आफ्ना शेयर सदस्यको अनुहारमा खुसीको चमक खोज्नुपर्ने बताउनुभयो । सहकारी अभियान्ता जिसीले सहकारीका सदस्य खुसी वा पिडामा रहेको भन्ने खोज्न सक्ने सहकारी नै सबल र सक्षम हुने बताउनुभयो। ‘वित्तिय कारोबारसँगै समुदायमा आधारित कार्यक्रमलाई समेत प्राथमिकता दिनुहोला’सदस्य केन्द्रित कार्यक्रमलाई उच्च प्राथमिकता दिनुपर्छ’जिसीले भन्नुभयो । वित्तिय साक्षरता कार्यक्रममा संस्थामा आवद्ध रहेका शेयर सदस्यहरुको छोराछोरीहरुलाई समेत बचत गर्न अभ्यस्त बनाउने उद्देश्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको थियो ।

सोही कार्यक्रमको अवसरमा बाल बचत योजनामार्फत बालबालिकालाई बचत गर्ने बानीको विकास गराउन नियमित रुपमा मासिक बचतका लागि खुत्रुके हस्तान्तरण समेत गरिएको थियो । सहकार्यका अध्यक्ष हरिकृष्ण शर्मा गौतमको अध्यक्षता, उपाध्यक्ष प्रमिला जोशी श्रेष्ठको स्वागत र सचिव ओमप्रसाद शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । १ हजार ५३ जना सेयर सदस्य रहेको सहकारीमा १४ करोड निक्षेप, साढे १३ करोड कर्जा प्रवाह रहेको छ । खुत्रुके बचत, लखपति बचत, पेन्सन बचत, अनिवार्य मासिक बचत लगाएतका विशेष बचत कार्यक्रमहरु रहेको छ । संस्थाले आफ्ना शेयर सदस्यहरुलाई बचत तथा ऋण कारोबारको आधारमा प्राप्त हुने संरक्षित पुँजी फिर्ता कोषको रकम वार्षिक साधारणसभाका अवसरमा नगदै वितरण गर्दै आइरहेको प्रबन्धक नेत्रराज सुबेदीले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...