कुरिति र कुसंस्कार अन्त्य गर्नुपर्नेमा जोड

Sinchai Khanipani notice

मिलनचोक, । सामाजिक कुरिति र कुसंस्कारको अन्त्य गर्नुपर्नेमा पर्वतका सरोकारवाले जोड दिएका छन् ।
जलजला गाउँपालिका–७ मिलनचोकमा आइतबार भएको कार्यक्रममा सहभागिहरुले कानुनले अपराध मानेका कुसंस्कार र कुरितिजन्य गतिबिधिलाई समाजबाट व्यवहारिक रुपमा हटाउनुपर्ने बताएका हुन् ।
जिल्ला प्रशासन कार्यालय र सामाजिक विकास कार्यालय पर्वतले सामाजिक करिति र कुसंस्कार विरुद्धको अन्तरक्रिया कार्यक्रम आयोजना गरेका थिए । कार्यक्रममा सहभागि जनप्रतिनिधि, सरकारी अधिकारी र अगुवाहरुले बालबिवाह, बहुबिवाह, जातीय छुवाछुत, लैगिङ्गक हिंसा, बोक्सी, महिनावारीमा गरिने छोइछिटो, मदिराको अनियन्त्रित प्रयोग, लागू औषध दूव्र्यसनी न्युनीकरणको आवश्यकता औल्याएका थिए ।
कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य भक्त कुँवरले गलत मान्यता र संस्कारका कारण मानिसहरुले दुख पाउने अवस्था अब अन्त्य हुनुपर्ने बताउनुभयो । कुसंस्कारको अन्त्यका लागि चेतनाको विकास र व्यक्ति आफैबाट परिवर्तन सुरु गर्नुपर्ने बताउनुभयो ।

Bhautik ministry notice about road


पर्वतका प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले कुरिति र कुसंस्कारले समाजलाई भित्रभित्रै धोक्रो पारेको बताउनुभयो । उहाँले महिनावारीको समयमा महिलाहरुलाई सहज वातावरण र सहयोग गर्नुपर्नेमा दुख दिने र एक्लै पार्ने जस्ता गलत कार्य हटाउनुपर्ने बताउनुभयो ।
जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य, उपाध्यक्ष दिपक आचार्यले आमा समूह, युवा क्लव, सहकारी संस्थाहरु कुरिति विरुद्धको अभियानमा अग्रसर बन्नुपर्ने बताउनुभयो । सामाजिक अभियानमा गाउँपालिकाले साथ दिने उहाँहरुले बताउनुभयो । जलजला गाउँपालिका–७ का कार्यवाहक वडा अध्यक्ष पोमबहादुर केसीले नदेखिने गरेर विभेद र कुरितिले जरो जाडेकाले त्यसलाई सबै मिलेर हटाउनुपर्ने बताउनुभयो ।
कुरितिका विरुद्ध बनेका कानुनी व्यवस्थाको बारेमा समुदाय स्तरमा सन्देश पु¥याउने र समस्यामा परेकाहरुलाई अधिकार प्राप्तिका लागि अग्रसर हुने वातावरण बनाउन कार्यक्रम आयोजना गरिएको सामाजिक विकास कार्यालय पर्वतका प्रमुख मोहनचन्द्र सुवेदीले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...