ताकममा योग शिविर शुरु

Gandaki Pardesh notice

गोपाल आचार्य
ताकम, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा आइतबारदेखि योग शिविर शुरु भएको छ ।
धवलागिरी गाउँपालिकाको आर्थिक सहयोग र वडा कार्यालयको आयोजनामा शिविर शुरु भएको हो । स्वास्थ्य जिवनका लागि योग साधना कार्यक्रम अन्तरगत यसअघि चैत ७ देखि ११ गतेसम्म वडा नम्बर ७ को धारापानीमा योग शिविर सञ्चालन भएको थियो ।

Bhautik ministry notice about road


योग अभ्यास मार्फत नागरिकलाई स्वस्थ्य बनाउने उद्देश्यले शिविर सञ्चालन गरिएको हो । शिविरको नविन आनन्द योग केन्द्रका नविन जुग्जालीले सहजिकरण गर्नुहुने जनाइएको छ । अस्वस्थ खानपान, विचार, व्यवहार तथा तनावका कारण मानिसहरुमा विभिन्न किसिमका नसर्ने रोगको जोखिम बढेको छ ।
तनाव व्यवस्थापन, शारिरिक स्फुर्ति, तन्दुरुस्ती, स्वस्थ्य आहरा र सकारात्मक सोचको विकास गर्न योगले सहयोग पुग्ने वडा सचिव तमबहादुर बिकले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...