अन्नपूर्णमा अध्यक्ष कप खेलकुद प्रतियोगिता हुने

Gandaki Pardesh notice

पोखरेबगर, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले अध्यक्ष कप खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ ।
यही चैतको २७ देखि बैशाख १ गतेसम्म वडा नम्बर ७ को ७ हिस्तान मण्डलीको घराम्दी टोलमा गाउँपालिका अध्यक्ष कप खेलकुद प्रतियोगिता सञ्चालन गर्ने निर्णय भएको हो । अन्नपूर्ण गाउँपालिका–७ का वडा अध्यक्ष मइलन पुर्जा पुनले प्रतियोगितामा प्रौढ, महिला, पुरुष भलिबल र पुरुष बास्केटबल खेल सञ्चालन गरिने जानकारी दिनुभयो ।
“पालिकाको आठ वटै वडाबाट एउटा खेलका लागि एक÷एक वटा टिम छनौट हुनेछन्,” उहाँले भन्नुभयो “लिग प्रणालीमा खेल सञ्चालन गर्ने निर्णय भएको छ । तयारी शुरु गरेका छौ ।” खेलकुदलाई व्यवस्थित बनाउन र खेलाडीहरुलाई प्रतिस्पर्धी बनाउदै, प्रोत्साहनका लागि अध्यक्ष कप खेलकुद प्रतियागिताले सहयोग पुग्ने गाउँपालिका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।
प्रतियोगिता सञ्चालनका लागि गाउँपालिकाले रु. १५ लाख बिनियोजन गरेको छ । आठ वटा वडालाई रु. ५०÷५० हजारका दरले उपलब्ध गराइने भएको छ । प्रथम हुने वडालाई रु. ३० हजार र दृतीयलाई रु. २० हजार पुरस्कार सहित अध्यक्ष कप, मेडल, ट्रफि र प्रमाणपत्र प्रदान गरिने भएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...