जनघेटघाटमा सांसद गर्बुजा

Sinchai Khanipani notice

बेनी, । प्रतिनिधिसभा सदस्य खम्बिर गर्बुजा म्याग्दीका ग्रामिण बस्तीमा जनभेटघाट अभियानमा हुनुहुन्छ ।

नागरिकका समस्या, आवश्यकता पहिचान, भेटघाट र मतदातालाई धन्यवाद दिन सांसद गर्बुजा गाउँ अभियानमा लाग्नुभएको हो । एक हप्तायता गृहजिल्लाका विभिन्न वडा र बस्तीमा पुगेका गर्बुजाले त्यहाँका नेता कार्यकर्ता भेटघाट गर्नुभएको छ ।

बेनी नगरपालिकाको पात्लेखेतमा प्रदेशसभा सदस्य हरि भण्डारी सहित पुगेर त्यहाँका मतदातालाई धन्यवाद दिनुभएका गर्बुजा मंगला गाउँपालिकाको अर्मनको विभिन्न ठाउँमा पुग्नुभयो । शुक्रबार अन्नपूर्ण गाउँपालिकाको शिख र घारमा जानुभएको थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

मतदातालाई धन्यवाद दिने तथा विकास निर्माण सहितका स्थानीयका आवश्यताका बारेमा सुझाव र योजना संकलन गर्ने गरी सांसद गर्बुजाले अन्नपूर्णको वडा नं ५ शिाख र ६ घारका मतदातालाई चुनावी प्रतिबद्धता कार्यान्वयन गर्ने बाचा गर्नुभएको छ ।

शिख र घारमा आयोजित कार्यक्रममा सांसद गर्बुजाले आफ्नो कार्यकालमा मतदाताको विश्वासलाई टुट्न नदिई काम गर्ने अठोट गर्नुभएको थियो । ‘समुदायबाटै आएको योजनाहरुलाई सकेको गर्नेछु, नसक्ने आश्वासन दिनेछैन’ सांसद गर्बुजाले भन्नुभयो । भेटघाटको क्रममा सांसद गर्बुजाले सबै ठाउँमा एकैपटक पुग्न सम्भव नभएकाले प्रतिनिधिसभामा बैठक नभएको समयलाई वडास्तरमा आएर समुदायसँगको भेटघाटमा जुट्ने बताउनुभयो ।

सबै मतादातालाई भेट्ने, उहाँका गुनासा, समस्या सुन्ने र धन्यवाद दिने गरी बस्ती–बस्तीमा पुग्ने अभियानले योजनामा समुदायको आवश्यकता र प्राथमिकताको पहिचान हुने बताउनुभयो । अन्य वडाहरुमा समेत थप तालिका बनाएर अभियान सञ्चालन गरिने छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...