एमालेको एकल बहुमत बनाउन मिसन ग्रासरुट अभियान ः केसी

khali

बेनी, । नेकपा एमालेका पोलिट व्युरो सदस्य मनकुमारी केसीले पार्टीले सञ्चालन गरिरहेको ‘मिसन ग्रासरुट’ अभियानमार्फत एमालेको एकल बहुमत आउने बताउनु भएको छ ।

शनिवार नेकपा एमाले बेनी नगरपालिका ७ र ८ नम्बर वडाले बेनीमा आयोजना गरेको मिसन ग्रासरुट–२०७९ को पार्टी सुदृढीकरण तथा विस्तार अभियानलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

केसीले अगुवा कार्यकर्तासहित जनताको माझमा कसरी पुग्ने भन्ने निष्कर्ष निकाल्नको लागि आयोजित अभियानमा कतिपय पार्टी एमालेसँग आफू एक्लै चुनावमा लड्न समेत डराएर अर्काको सहारा आवश्यक पर्ने अवस्थामा पुगेको टिप्पणी गर्नुभयो ।

Shreekrishna hardwear in news
khali

नेकपा एमाले जनमतका हिसाबले देशको पहिलो पार्टी भएकाले आउँदो निर्वाचनबाट एकल बहुमत ल्याएर सत्ताको नेतृत्व गर्ने हुँदा अहिलेको मिसन ग्रासरुट त्यसैका लागि केन्द्रीत गरिएको उहाँको भनाइ छ । कार्यक्रममा नेकपा एमाले म्याग्दीका उपाध्यक्ष बालकृष्ण सुवेदीले पार्टीले दिएको जिम्मेवारी सबैले पुरा गर्नुपर्ने बताउँदै आफ्नो काम, कर्तव्य र अधिकार के हो भनेर पार्टी विधानले नै स्पष्ट किटान गरेको हुँदा सोहीअनुसार सबैले आ–आफ्नो जिम्मेवारी पुरा गर्नुपर्ने बताउनुभयो ।

एमाले म्याग्दीका उपसचिव थमसरा पुनले नेकपा एमाले एउटा सिङ्गो सङ्गठन भएकाले सबै पङ्तिले पार्टी निर्देशनलाई अक्षरशः पालना गर्नुपर्ने बताउनुभयो । कार्यक्रम एमाले बेनपा–८, वडा कमिटीका अध्यक्ष ठाकुरप्रसाद शर्माको अध्यक्षता, वडा सदस्य यामबहादुर बानियाँको स्वागत र वडानम्बर ७ का वडा कमिटी अध्यक्ष रमेश फगामीको सञ्चालनमा सम्पन्न भएको थियो ।

यसैबीच मिसन ग्रासरुट अभियानलाई लक्षित गरेर शनिवारै एमालेको जनसङ्गठनहरुको संयुक्त वैठक बेनीमा सम्पन्न भएको छ । वैठकले अभियानअन्तर्गत आ–आफ्नो जनसङ्गठनमार्फत विभिन्न रचनात्मक कार्यक्रमहरु सञ्चालन गर्ने तथा पार्टीले सञ्चालन गरेको अभियानलाई सफल बनाउन आवश्यक कार्ययोजना समेत बनाएको छ । एमाले जिल्ला उपसचिव तथा जनसङ्गठन संयोजक थमसरा पुनको अध्यक्षतामा सम्पन्न वैठकलाई एमाले पोलिट व्युरो सदस्य मनकुमारी केसी र गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य देवबहादुर घलेले सम्बोधन गर्नुभएको थियो । 
Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...