सिटिजन्स बैंकको आयोजनामा सिंगामा निशूल्क स्वास्थ्य शिविर

Sinchai Khanipani notice

बेनी, । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा शनिबार निशूल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
सिटिजन्स बैंक इन्टरनेशनल बेनी शाखाको आयोजनामा वडा कार्यालय परिसरमा शिविर सञ्चालन भएको थियो । शिविरमा ११५ जनाले सेवा लिएका बैंकका कर्मचारी बिनु सुवेदीले जानकारी दिनुभयो ।
बेनी सञ्जिवन हेल्थ क्लिनिकका डाक्टर रोशन आचार्य नेतृत्वको स्वास्थ्यकर्मीहरुको टोलीले सेवा दिनुभएको थियो । शिविरमा सुगर, प्रेसर, सामान्य स्वास्थ्य परिक्षणका साथै परामर्श सेवा दिइएको थियो ।

Bhautik ministry notice about road
Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...