दग्नाममा स्वास्थ्य शिविर

Sinchai Khanipani notice

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा शनिबार निशूल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

Bhautik ministry notice about road

लायन्स क्लव अफ बेनी लभ्ली हिलले आयोजना गरेको शिविरमा २७२ जनाको स्वास्थ्य परिक्षण गरिएको थियो । १३९ जनाँको सुगर (मधुमेह) परिक्षण गरेर निशूल्क औषधी वितरण गरिएको शिविरका संयोजक नेत्रराज सुवेदीले जानकारी दिनुभयो ।

क्लवका अध्यक्ष भरतबहादुर रकालको नेतृत्वमा शिविर सञ्चालन भएको थियो । चिकित्सक गोविन्द पोखेल, विद्या बानिया, ल्याब टेक्नीसियन सिताराम श्रेष्ठ र दग्नाम स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुले सेवा स्वास्थ्य परिक्षण, परामर्श र निशूल्क औषधी वितरण गर्नुभएको थियो । शिविरमा औषधी सहित रु. तीन लाख खर्च भएको संयोजक सुवेदीले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...