म्याग्दीको जनसंख्या एक लाख सात हजार ३३

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको जनसंख्या १ लाख ७ हजार ३३ मा झरेको छ । कुल जनसंख्या मध्य ४८.७ पुरुष र महिला ५१.३ प्रतिशत छन् । राष्ट्रिय तथ्यांक विभागले वि.स. २०७८ मा देशभर भएको जनगणनाको नतिजा शुक्रबार सार्वजनिक गरेको हो ।

वि.स. २०६८ को तुलनामा म्याग्दीको जनसंख्या छ हजार ६०८ जनसंख्या घटेको हो । दश वर्ष अघि म्याग्दीमा एक लाख १३ हजार ६४१ जनसंख्या थियो । म्याग्दीको जनसंख्या वृद्धिदर माइनस शून्य दशमलब ०.५७ प्रतिशत छ ।

जन्मदर घट्नु र बसाईसराई बढेका कारण जनसंख्या घटेको तथ्याङ्क कार्यालय बागलुङका घनश्याम सापकोटाले बताउनुभयो । कुल २८ हजार ८३० घरधुरी मध्य ८४.४ प्रतिशतको आफ्नै घर छ । १२.६ प्रतिशत भाडामा, १.०४ प्रतिशत संस्थागत रुपमा र २.१ प्रतिशत अन्यमा बस्ने गरेका छन् ।

Shreekrishna hardwear in news

कुल जनसंख्या मध्य ६१.२ प्रतिशत बिवाहित र ५.८ प्रतिशत एकल छन् । ५ प्रतिशत जनसंख्या अपाङ्गता भएको विभागको तथ्याङ्कमा उल्लेख छ । ७९.७ प्रतिशतले लेखपढ गर्न, ०.४ प्रतिशतले पढ्न र ११.७ प्रतिशतले पढ्न लेख्न दुवै नजान्ने देखिएका छन् ।

२५.४ प्रतिशतले रेडियो, ४०.८ प्रतिशतमा टिभीको पहुँच छ । ७० प्रतिशतले साधारण र ७५.५ प्रतिशतले स्मार्ट फोन प्रयोग गर्छन् । ४५.३ प्रतिशतले इन्टरनेट प्रयोग गरेका छन् । ७०.८ प्रतिशत घर माटोले, २४.८ प्रतिशत सिमेन्टले ढलान गरेको, १.१ प्रतिशत घरको छानो खर, पराल र छुवालीले छाएको छ ।

Bhautik ministry notice about road

३६.१ प्रतिशतको घरभित्रै पाइप मार्फत धारामा, ५४.७ प्रतिशतले घरबाहिरको धारापानी पानी उपभोग गर्छन् । ०.१ प्रतिशतले इनार, कुवा, ८.२ प्रतिशतले मुलधारा, ०.४ प्रतिशतले खोला, झरना र ०१ प्रतिशतले जार बोत्तलको पानी प्रयोग गर्छन् । २.७ प्रतिशत घरमा फल्स भएको, ७६.७ प्रतिशतमा सेफ्टी ट्यांकी, १८.७ साधारण, ०.३ सार्वजनिक शौचालय प्रयोग गर्छन भने १.६ प्रतिशत घर चर्पीविहिन छन् ।

१० वर्ष र सो भन्दा माथिका मध्य २६.८ अथवा २४ हजार ७ जनाले कुनै पनि आर्थिक गतिबिधिमा संलग्न छैनन् । ६७.३ प्रतिशत नागरिक कृषि, वन र माछापालन कार्यमा दक्ष छन् । ३६.९ प्रतिशत जनसंख्या विद्यार्थी छन् । खाना पकाउन ७३.५ प्रतिशतले काठ दाउरा, २५.७ प्रतिशतले एल.पी ग्याँस, ०.१ प्रतिशतले बिजुली, ०.६ प्रतिशतले बायोग्याँस, ०.१ प्रतिशतले मट्टितेल र ०.४ प्रतिशतले अन्य प्रयोग गर्छन् ।

बक्ति बाल्नका लागि ९५.१ प्रतिशतमा बिजुली, ३.४ प्रतिशतमा सोलार र सौर्य उर्जा, ०.५ प्रतिशतमा मट्टितेल, ०.०४ प्रतिशतमा बायोग्याँस र ०.९ प्रतिशतमा अन्य प्रयोग भएको छ । १.७ प्रतिशत महिलाको नाममा घरमात्र, ७.३ प्रतिशत महिलाको नाममा घर र जग्गा दुवै, ९.९ प्रतिशतमा जग्गा मात्रै स्वामित्व छ । ७७.४ प्रतिशत महिलाको नाममा घर र जग्गा दुवै छैन् ।

विदेशमा बसोबास गर्ने अनुपश्थित जनसंख्या आठ हजार ९६१ पुरुष र एक हजार ८०५ महिला गरि दश हजार ७६६ जना छ । देशभित्र अन्य स्थानमा बसोबास गर्ने जनसंख्या १४ हजार ७७७ जना मध्य महिला सात हजार ४७२ र पुरुष सात हजार ३०५ जना छ ।

म्याग्दीमा भएका भवनहरु मध्य ७८.५ प्रतिशत आवासीय, २.१ ब्यापारिक, ०.३ प्रतिशत सरकारी, ०.९ प्रतिशतमा शैक्षिक, स्वास्थ्यजन्यमा ०.२, बैंक तथा वित्तीय संस्थामा ०.९, संस्थागतमा ०.७, होटल तथा लजमा ०.६, गोठ धन्सार मतानमा ४.४ र अन्यमा २.२ प्रतिशत प्रयोग भएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...