पश्चिम नेपालको १६ औ स्थापना दिवसमा रक्तदान र फलफुल वितरण

Sinchai Khanipani notice

बेनी, । म्याग्दीको पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाको १६ औ स्थापना दिवसको अवसरमा शनिबार रक्तदान र फलफुल वितरण गरिएको छ ।
बेनी अस्पतालमा उपचार गराइरहेका ३२ जना बिरामीहरुलाई फलफुल वितरणका साथै नेपाल रेडक्रस सोसाइटी म्याग्दीले सञ्चालन गरेको रक्तसञ्चार गृहको प्राविधिक सहयोगमा रत्तदान कार्यक्रम आयोजना गरिएको थियो ।
बेनी नगरपालिकाका प्रमुख सुरत केसीले उद्घाटन गर्नुभएको कार्यक्रममा १८ जनाले रक्तदान गर्नुभएको उपाध्यक्ष हरिप्रसाद पौडेलले जानकारी दिनुभयो । संस्थाका सञ्चालक, कर्मचारी लगायतले रक्तदान गर्नुभएको थियो ।
वि.स. २०६३ चैत ११ गते दरवाङमा स्थापना भएको सहकारीले अन्य विभिन्न सहकारी संस्थाहरुलाई एकिकरण गरेको छ । दरवाङमा मुख्य कार्यालय रहेको सहकारीको ताकम, बाबियाचौर, तातोपानी, बेनी, वारीबेनी, राखु भगवति र पोखरेबगरमा सदस्य सेवा केन्द्र छन् ।

Bhautik ministry notice about road
Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...