म्याग्दी चेम्बरको अध्यक्षमा पुनः रकाल

Beni Sanjibani

बेनी । नेपाल चेम्वर अफ कमर्स म्याग्दीको शनिबार बेनीमा सम्पन्न प्रथम साधारणसभा तथा अधिवेशनबाट पुनः भरतबहादुर रकाल शाहीको अध्यक्षतामा कार्यसमिति चयन भएको छ ।

रकाल इन्टरप्राजेस प्रालिका संचालक शाहीको अध्यक्षतामा गठन भएको २७ सदस्यीय समितिको बरिष्ठ उपाध्यक्ष यामनाथ सुवेदी, उपाध्यक्षमा प्रकाश सापकोटा, उपाध्यक्ष गंगा केसी, महासचिवमा संम्झना अधिकारी, कोषाध्यक्षमा कुलबहादुर बोहोरा, सचिवमा प्रविन सापकोटा र सह– कोषाअध्यक्षमा कुशल पौडेल रहनुभएको छ ।

Aantarik mamila Bal Marry sambandi

कार्यक्रममा नेपाल चेम्वर अफ कमर्सका गण्डकी प्रदेश अध्यक्ष तथा केन्द्रीय सदस्य यदुनाथ अधिकारीले चेम्बरले व्यवसायीको हितका लागि नेपालमा पहिलो स्थापना भई हाल सम्म व्यवासयीको लागि काम गरिरहेको बताउनुभयो । उहाँले अहिलेको अवस्थामा व्यवासायीहरु पलायन हुने अबस्थामा पनी सरकारले व्यवसायीको लागि कुनै काम नगरेको बताउनुभयो ।

Mangala Health notice

कार्यक्रममा धनबहादुर छन्त्याल, म्याग्दी जेसीजका अध्यक्ष सुजन बरुवाल, चेम्बरका पोखराका कोषाध्यक्ष कमल बस्नेत, महासचिव राजु श्रेष्ठ, अर्जुन शर्माले मन्तब्य व्यक्त गर्नुभएको थियो ।
विक्रम संवत २००७ सालमा स्थापना भएको चेम्वर अफ कमर्सले नेपालमा संचालित उद्योग तथा व्यवसायीहरुको हकहित तथा अन्तर्राष्ट्रिय व्यापारमा सहजीकरण गर्दै आएको छ । निर्मल खत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Digo clinic
प्रतिक्रिया दिनुहोस
Loading...