अर्थुङ्गेमा बेनी नगरपालिकाको सार्वजनिक सुनुवाई

Sinchai Khanipani notice

बेनी, । म्याग्दीको बेनी नगरपालिकाको आर्थिक बर्ष २०७९÷०८० को दोस्रो चौमासिक सम्मको प्रगति समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम शुक्रबार वडा नम्बर ६ को अर्थुङ्गे स्थित वडा कार्यालय परिसरमा सम्पन्न भएको छ ।
नगरपालिकाको कार्य प्रगति प्रति जनताको चासो, गुनासो, प्रतिक्रिया तथा सुझाव संकलन गर्ने उद्देश्य अनुरुप सार्वजनिक सुनुवाई गरिएको नगरपालिकाले जनाएको छ । बेनी नगरपालिकाका प्रमुख सुरत केसीको अध्यक्षता भएको कार्यक्रममा सहभागीहरुले प्रशस्त गुनासाहरु पोखेका थिए ।
प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले चालु आर्थिक बर्षको दास्रो चौमासिकमा भए गरेका विकास निर्माण तथा विषयगत क्षेत्रका सेवा प्रवाह विषयक प्रगति समिक्षा प्रस्तुत गर्नुभएको थियो ।


नगरपालिकाको कुल बजेट ७८ करोड ८५ लाख ७५ हजार मध्ये फागुन मसान्त सम्म चालु तर्फ २३ करोड २० लाख ८९ हजार र पुजिगततर्फ ८ करोड ७४ लाख ४५ हजार खर्च भएको प्रमुख प्रशासकीय अधिकृत ढकालले जानकारी दिनुभयो ।
कार्यक्रममा ठाकुर पौडेल, दिपक हमाल, हरिप्रसाद पौडेल, यादव सुवेदी, नवराज पौडेल, राधिका पौडेल, लाल बहादुर खत्री, किशोर शर्मा, कोमल प्रसाद उपाध्याय, तुल बहादुर भण्डारी, धर्मदत्त ढुङ्गाना, नेत्र महत, दिपक पौडेल, बाबुराम बानिया, जीवन प्रसाद पौडेल गणेश बानियाँ, विष्णु बानियाँ, मुना बानियाँ लगाएतका सहभागीहरुले आफ्ना गुनासो, तथा सुझावहरु प्रस्तुत गरेका थिए ।

Shreekrishna hardwear in news


कार्यक्रममा सहभागीहरुले वडा नम्वर ६ को कार्यालय छेउको बाटो मर्मत गर्नुपर्ने, विद्युतका तारहरु व्यवस्थापन गर्नुपर्ने, सकड विस्तार गर्दा मापदण्द अनुसार गर्नुपर्ने, सार्वजनिक जग्गा अतिक्रमणलाई रोक्नुपर्ने, बेनी पाखापानी सडकमा सवारी धनिले मनपरि भाडा लिएकाले समायोजन गर्नुपर्ने, वृहत घोप्तेखोला खानेपानी योजना रोकिएकाले पुन सुचारु गर्नुपर्ने, एक घर एक धारा खानेपानी योजना संचालन गर्नुपर्ने, नगरपालका भित्रका सडकहरुलाई बाह्रै महिना सहज संचालन हुने बनाउनुपर्ने, गुनासो गरेका थिए ।

Bhautik ministry notice about road


त्यस्तै योजना छनौट र उपभोक्ता समिति गठनमा सवैलाई सहभागी गराउनुपर्ने, अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने, भुक्तानी प्रक्रियालाई सहज बनाउनुपर्ने, बेनपा ६ को नेपाने, एकपाटे, चिप्लेटि खानेपानी योजनालाई व्यवस्थित बनाउनुपर्ने, विपद व्यवस्थापनलाई थप व्यवस्थित बनाउनुपर्ने, टुक्रे योजना नवनाई आवश्यकताको आधारमा ठुला योजनाहरु संचालन गर्नुपर्ने महारनी थान, छाप, तातोपानी सडकलाई पूर्णता दिनुपर्ने, बेनी गलेश्वर काउलेगौडा, पात्लेखेत सडकलाई स्तरउन्नति गर्नुपर्ने लगायतका गुनासा तथा सवालहरु सहभागीहरुले उठाएका थिए ।


सहभागीले उठाएका प्रश्नहरुको जवाफ दिदै बेनी नगरपालिकाका प्रमुख केसीले शिक्षा, स्वास्थ्य, कृषि, यातायात लगायतको विकासमा नगरपालिकाले संघ तथा प्रदेश समेतका योजनाहरु संचालन गरिरहेको बताउनुभयो ।
बुहत घोप्तेखोला खानेपानी योजनामा उपभोक्ताले समेत १५ प्रतिशत रकम व्यहोर्नुपर्ने व्यवस्था भएकाले काममा ढिलाई भएको बताउदै आवश्यक प्रक्रिया मिलाएर तुरुन्त योजना संचालन गरिने बताउनुभयो । नगरपालिकाको सवै वडामा एक घर एकधारा खानेपानी योजना संचालन गर्ने याजना भएपनि पानीको मुहान नहुँदा समस्या उत्पन्न भएको नगर प्रमुख केसीले बताउनुभयो ।


सहभागीहरुले उठाएका सवालहरुमा नगरपालिका उपप्रमुख ज्योति लामिछानेले योजनाहरुलाई दिगोपना हुने गरि काम गर्न उपभोक्ता तथा निर्माण कम्पनीहरुलाई अनुरोध गर्नुभयो । उहाँले योजना अनुगमनलाई प्रभावकारी बनाईने पनि बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत ढकालले सेवा प्रवाहलाई जनमुखी, चुस्त र पारदर्सी बनाउन नगरपालिका अघि बढेको बताउनुभयो । बजार क्षेत्रको अव्यस्थित तारलाई व्यवस्थापन गर्ने कार्य सुरु गरेको भन्दै उहाँले नगरभित्रका विद्युत सम्वन्धी सम्पूर्ण समस्या समाधानका लागि विद्युत प्राधिकरणसंग समन्वय गरेको बताउनुभयो ।


बेनी नगरपालिका वडा नम्वर ६ का अध्यक्ष कृष्णसिंह बानियाँ, वडा नम्वर ९ का अध्यक्ष चक्र केसी, इन्जिनियर विमल रञ्जन कार्कीले जवाफ दिनुभएको थियो । कार्यक्रम नगर प्रमुख केसीको अध्यक्षता, वडा नम्वर ६ का अध्यक्ष बानियाँको स्वागत र प्रशासन अधिकृत युवराज थापाको संचालनमा सम्पन्न भएको थियो । सार्वजनिक सुनुवाईका सहजीकरण पत्रकार हरिकृष्ण गौतम र अमित विश्वकर्माले गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...