माओवादीले एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार छोड्यो, विश्वासको मत फिर्ता

Sinchai Khanipani notice

पोखरा, । नेकपा माओवादी केन्द्रले नेकपा एमालेका खगराज अधिकारीको नेतृत्वमा रहेको गण्डकी प्रदेश सरकारलाई दिएको सर्मथन फिर्ता लिएर सरकारमा सहभागी मन्त्रीहरुले राजीनामा दिएका छन् ।

माओवादी केन्द्रबाट प्रदेश सरकारमा मन्त्री रहेका हरिबहादुर चुमान र रेशमबहादुर जुग्जाली मगरले शुक्रबार मुख्यमन्त्री अधिकारीलाई भेटेर राजीनामा बुझाउनुभयो । शुक्रबार दिउँसो माओवादी केन्द्रको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै सरकार छाड्ने निर्णय गरेको थियो ।

एमाले, माओवादी र राप्रपाको समर्थनमा गठन भएको गण्डकी प्रदेश सरकारमा माओवादीका चुमान भौतिक पूर्वाधार तथा यातायात र म्याग्दी खबाट निर्वाचित जुग्जाली उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बन्नुभएको थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

माओवादीले समर्थन फिर्ता लिएपछि गण्डकीमा मुख्यमन्त्री अधिकारीले एक महिनाभित्र विश्वासको मत लिनुपर्छ । यदि उहाँले विश्वासको मत नपाएमा पदमुक्त हुनेछन् । माओवादीले विश्वासको मत फिर्ता लिएर सरकारबाट बाहिरिएपछि गण्डकीमा नयाँ सरकार गठनको बारेमा नेपाली काँग्रेस र माओवादीले छलफल अघि बढाएका छन् ।

मुख्यमन्त्रीमा काँग्रेसका संसदीय दलका नेता सुरेन्द्र पाण्डेले दावी गर्नुभएको छ । माओवादीका संसदीय दलका नेता चुमानले पनि आलोपालोको सहमति अनुसार पहिलो चरणमा माओवादीले नेतृत्व पाउनुपर्ने दावी गर्नुभएको छ ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा नेपाली काँग्रेसका २७, एमालेका २२, माओवादीका ८, राप्रपाका २ जना सांसद छन् । मनाङबाट सर्वसम्मत स्वतन्त्र सांसद बनेका राजीव गुरुङ (दीपक मनाङे) प्रवेश गरेपछि नेकपा एकीकृत समाजवादीको पनि गण्डकीमा प्रतिनिधित्व छ ।

६० प्रदेश सभा सदस्य रहेको गण्डकीमा सरकार बनाउन कांग्रेस–माओवादीको सहज बहुमत पुग्छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...