म्याग्दीका गर्बुजा र जलजलाका आचार्यद्धय गाउँपालिका महासंघको प्रदेश सदस्य

Sinchai Khanipani notice

पोखरा, । म्याग्दीको मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा, पर्वतको जलजला गाउँपालिकाका अध्यक्ष राजप्रसाद आचार्य र उपाध्यक्ष दिपक आचार्य गाउँपालिका महासंघ गण्डकीको सदस्यमा निर्वाचित हुनुभएको छ ।
पोखरामा शुक्रबार सम्पन्न महासंघको अधिवेशनबाट नवराज ओझाको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन गरेको हो । महासंघको प्रदेश उपाध्यक्षमा हिरादेवी शर्मा, सचिवमा जोकलाल बुढा, सहसचिवमा सिता अधिकारी र कोषाध्यक्षमा दिपक तिमिल्सिना चयन हुनुभएको छ ।
सदस्यहरुमा सुर्यप्रसाद गुरुङ, प्रकाश ओझा, छ्युमि विष्ट गुरुङ, तिलबहादुर गुरुङ, कल्पना नेपाली र दुर्गा अर्याल चयन हुनुभएको छ । अधिवेशनको गण्डकी प्रदेशका मुख्य मन्त्री खगराज अधिकारीले उद्घाटन गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...