मंगलामा सुत्केरीलाई भाले उपहार

Sinchai Khanipani notice

बाबियाचौर, म्याग्दीको मंगला गाउँपालिकाले सुत्केरीलाई भाले उपहार दिन थालेको छ ।

संस्थागत सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम मार्फत भाले उपहार दिन थालेको हो । गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख लेखनाथ रोकाले बच्चा र आमाको पोषण तथा स्वास्थ्यमा सुधार ल्याउन स्वास्थ्य संस्थामा सुरक्षित प्रसुति हुनेलाई कुखुराको भाले उपहार दिन थालिएको बताउनुभयो ।

“गर्भ र सुत्केरी परिक्षण गराई बच्चा र आमाको स्वास्थ्य तथा पोषणमा सुधार ल्याउन सुत्केरीलाई भेट्न जनप्रतिनिधि र स्वास्थ्यकर्मी भाले लिएर घरमै जाने गरेका छौ,” उहाँले भन्नुभयो “घरमा असुरक्षित प्रसुति हुने र नियमित गर्भपरिक्षण नगराउने समस्या हटाउन गाउँपालिकाले उपहार सहित विभिन्न सन्देशमुलक अभियान सञ्चालन गरेको हो ।”

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

तोकिएको मितिमा आठ पटक गर्भ र सुत्केरी परिक्षण गर्दा हरेक पटक एक÷एक क्रेट अण्डा र संस्थागत प्रसुति हुनेलाई एक वटा कुखुराको भाले दिने गरिएको हो । संस्थागत सुत्केरी हुनेलाई संघीय सरकारले यातायात खर्च वापत रु. दुई हजार र गर्भपरिक्षण गर्नेलाई रु. ८00 उपलब्ध गराउने गरेको छ । अण्डा र भाले गाउँपालिकाको बजेटबाट उपलब्ध गराइएको हो ।

पाँच वटा वडा रहेको मंगलामा वार्षिक ७०÷८० जनाको अनुपातमा संस्थागत सुत्केरी हुने गरेका छन् । कुहुँ, अर्मन र बरंजा स्वास्थ्य चौकीमा प्रसुति सेवा उपलब्ध छ । नियमित गर्भ र सुत्केरी परिक्षण गराउदाँ आमा र बच्चाको स्वास्थ्य अवस्था तथा समस्या पहिचान गरेर जोखिमको व्यवस्थापन गर्न सहज हुने स्वास्थ्यकर्मीले बताएका छन् ।

चालु आर्थिक वर्ष २०७९÷८० मा संस्थागत सुत्केरीसँग उपाध्यक्ष कार्यक्रमका लागि रु. पाँच लाख बजेट बिनियोजन भएको छ । कार्यक्रमबाट गर्भवति र सुत्केरीको खानपान, सरसफाई र स्याहार सुधारमा जागरण आएको गाउँपालिकाका उपाध्यक्ष पेमा अधिकारीले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...