रत्नेचौरका बिरामीलाई मोना बेल्जियमको सहयोग

Gandaki Pardesh notice

बेनी, । म्याग्दी प्रवासी नेपाली संघ (मोना) बेल्जियमले बेनी नगरपालिका–१ का एक जना बिरामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ ।
मुटु सम्बन्धी समस्याले थलिएका रत्नेचौरका ६० वर्षीय अमरबहादुर सार्कीलाई सुमन थापा (प्रदिप) को नेतृत्वमा बेल्जियममा रहेका रत्नेचौरवासीहरुले रु. एक लाख दुई हजार नौ सय जुटाएका थिए । सो रकम रत्नेचौर परोपकारी शान्ति कोषका अध्यक्ष टेकबहादुर रावल, वडा अध्यक्ष टेकबहादुर थापा र स्थानीय अगुवा नेत्र महत लगायतको उपस्थितिमा हस्तान्तरण गरिएको छ ।

Bhautik ministry notice about road


रत्नेचौरका सार्की र मंगला गाउँपालिका–२ हिदीका बेलबहादुर बिकको उपचारमा आर्थिक अभाव भएपछि प्राप्त निवेदन अनुसार मोना बेल्यियमले अभियान सञ्चालन गरेको थियो । उच्च रक्तचापका कारण टाउकोको शल्यक्रिया गरेका हिदीका बि.कलाईरु. एक लाख दुई हजार ९०० मंगलबार उपलब्ध गराइएको थियो ।
मोना बेल्जियमकी सक्रीय सदस्य सम्झना रिसपाली र पुर्व अध्यक्ष योगेन्द्र बिक लगायत मोना बेल्जियमका पदाधीकारीबाट आर्थिक संकलन गरि पठाइएको सो रकम मंगला गाउँपालिका २ का वडा अध्यक्ष धनबहादुर खाती क्षेत्री, वडा सचिव अनिताकुमारी सापकोटा र म्याग्दी उद्योग वाणिज्य संघ मंगला इकाईका सभापति चक्रलाल पाण्डे (राजु)ले बेलबहादुरकी श्रीमति नौलीमाया बिकलाई हस्तान्तरण गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...