बेनीमा अव्यवस्थित तार हटाउन शुरु

Sinchai Khanipani notice

बेनी, । म्याग्दीको बेनी बजारमा अव्यवस्थित तार हटाउन शुरु भएको छ । बेनी नगरपालिकाको ७ र ८ नम्बर वडामा पर्ने बेनी म्याग्दीको जिल्ला सदरमुकाम हो ।

बेनी नगरपालिकाले नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, केबुल र इन्टरनेट सेवा प्रदायक संस्थाहरुसँग समन्वय गरेर उपयोग विहिन अव्यवस्थित तार हटाउन थालेको जनाएको छ । नगरप्रमुख सुरत केसीले बजारको सौन्दर्यकरणमा असर गरेका र जोखिमयुक्त अव्वस्थित तार हटाउन थालिएको जानकारी दिनुभयो ।

“विद्युतका पोलमा गुजुल्टा परेका तारका कारण विद्युतीय दुर्घटना, बजार व्यवस्थापनका साथै सौन्दर्यमा पनि असर परेको छ,” उहाँले भन्नुभयो “सेवा प्रदायक कम्पनी र संस्थाहरुको सहभागितामा अव्यवस्थित तार हटाउन शुरु गरेका छौ ।”

Shreekrishna hardwear in news

जिल्ला प्रहरी कार्यालय अगाडीको चोकमा मंगलबारदेखि अव्यवस्थित तार हटाउने काम शुरु भएको हो । जनप्रतिनिधि, नगर प्रहरी, विद्युत प्राधिकरण, टेलिकम र इन्टरनेट तथा केबुल सेवा प्रदायक कम्पनी तथा संस्थाका प्रतिनिधिहरुले प्रयोग विहिन तार पहिचान गरेर त्यसलाई पोलबाट निकाल्न थालेका हुन् ।

Bhautik ministry notice about road

बर्षौ पुराना र काम नलाग्ने तारको गुजुल्टाले विद्युतका पोल फेटा गुटाएको जस्तो भएका छन् । जसका कारण विद्युत पोलमा भार बढेको छ । लत्रिएका तारमा सवारी साधन अल्झिने र पैदलयात्रुलाई आवत जावतमा समस्या भएको छ ।

प्रयोग हुन छाडेका तार नहटाउने तर नयाँ तार थपिने क्रम बढेपछि बजार अव्यवस्थित बनेको थियो । अव्यवस्थित तारका कारण विद्युत, टेलिफोन, केवुल, सडक वक्ति, सिसिटिभी र इन्टरनेट सेवा अवरुद्ध हुँदा मर्मतमा समस्या भएको बजारबासीले बताएका छन् ।

प्राधिकरण र तार प्रयोग गरेका केवुल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधीहरुसँग नगरपालिकामा विभिन्न चरणमा अव्यवस्थित तार हटाउने सम्बन्धमा छलफल भएको थियो । पब्लिक भिजन केवुल नेटवर्क सहकारी संस्थाका प्रबन्धक नवराज पौडेलले २० वर्षदेखि अरसल्ल परेका तार हटाउने काम थालिएको बताउनुभयो ।

“बेनी बजारलाई सुन्दर र सुरक्षित बनाउने अभियानमा सेवा प्रदायक संस्थाहरुले पनि साथ दिएका छौ,” उहाँले भन्नुभयो “सबै सेवा प्रदायक संस्थाहरुबाट एक–एक जना जनशक्ति परिचालन गरेका छौ । १५ दिनभित्र काम नलाग्ने तार हटाउने र व्यवस्थित गर्ने लक्ष्य छ ।”

म्याग्दीमा नेपाल टेलिकमका साथै दुई वटा केबल टिभी र पाँच वटा इन्टरनेट सेवा प्रदायकले बिद्युत प्राधिकरणको पोल प्रयोग गरेका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...