बिरामीको उपचारका लागि मोना बेल्जियमको सहयोग

Sinchai Khanipani notice

बेनी, । म्याग्दी प्रवासी नेपाली संघ (मोना) बेल्जियमले मंगला गाउँपालिका–२ का एक जना बिरामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ । उच्च रक्तचापका कारण टाउकोको शल्यक्रिया गरेका मंगला –२ हिदीका बेलबहादुर बि.कलाई बेलिज्यमबाट पठाइएको रु. एक लाख दुई हजार ९०० मंगलबार उपलब्ध गराइएको छ ।
मोना बेल्जियमले पठाएको सो रकम मंगला गाउँपालिका २ का वडा अध्यक्ष धनबहादुर खाती क्षेत्री, वडा सचिव अनिताकुमारी सापकोटा र म्याग्दी उद्योग वाणिज्य संघ मंगला इकाईका सभापति चक्रलाल पाण्डे (राजु)ले बेलबहादुरकी श्रीमति नौलीमाया बिकलाई हस्तान्तरण गर्नुभएको हो । मोना बेल्जियमकी सक्रीय सदस्य सम्झना रिसपाली र पुर्व अध्यक्ष योगेन्द्र बिक लगायत मोना बेल्जियमका पदाधीकारीबाट आर्थिक संकलन गरि पठाइएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...