पटारमा खानेपानी आयोजना निर्माण

Sinchai Khanipani notice

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ पटारमा खानेपानी आयोजना निर्माण भएको छ ।

गोर्खा वेल्यफेयर ट्रष्टको सहयोग र स्थानीयबासीको श्रमदानमा पटारमा एक घर, एक धारा सहितको खानेपानी आयोजना निर्माण भएको हो । पटारका वासिन्दा समेत रहेका वडा सदस्य भिमबहादुर तिलिजाले आयोजनाबाट २९ घरधुरीका १५९ जनसंख्या लाभान्वित भएका जानकारी दिनुभयो ।

“मिटर जडित निजि धारा मार्फत खानेपानी वितरण गरिएको छ,” उहाँले भन्नुभयो “आगनकै धारामा नियमित खानेपानी आपुर्ति भएपछि समयको बचत र झञ्जट हटेको छ ।” २ वटा सार्वजनिक धारा निर्माण गरिएको छ । पटारवासीले यसअघि पुरानो आयोजनाको सार्वजनिक धारा मार्फत खानेपानी उपभोग गर्दै आएका थिए ।

Shreekrishna hardwear in news

कुल रु. २६ लाख ७४ हजार ३१४ लागत अनुमान गरिएको थियो । वेल्फेयरको रु. १७ लाख छ हजार ८९७ र उपभोक्ताको रु. नौ लाख ६७ हजार ४१६ को लागतमा आयोजना निर्माण भएको वेल्फेयर ट्रस्ष्टले जनाएको छ ।

Bhautik ministry notice about road

गत फागुन ६ गते सम्झौता भएको आयोजना यही चैत १० गते सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । सोमबार आयोजना उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको थियो । अधिकांश विकास आयोजनाहरु ढिलासुस्तिले थलिएको अवस्थामा पटार खानेपानी आयोजना निर्धारित समयभित्रनै सम्पन्न भएको अन्नपूर्ण गाउँपालिका–४ का वडा अध्यक्ष लोकबहादुर फगामीले बताउनुभयो ।

गोर्खा वेल्फेयर ट्रस्ट र उपभोक्ताहरुको लागत साझेदारीमा अन्नपूर्ण गाउँपालिकामा थप दुई वटा आयोजना निर्माणको अन्तिम चरणमा छन् । पटार सहितका तीन आयोजनाबाट १०२ घरका ५११ जनसंख्या लाभान्वित हुनेछन् । कुल रु. एक करोड ४० लाख १४ हजार ९३५ को लागतमा निर्माण शुरु भएको आयोजनाबाट उपभोक्ताको घर, विद्यालय र सार्वजनिक स्थलमा १०८ वटा निजी धारा जडान गरिने गोर्खा वेल्फेयर ट्रष्टका परियोजना प्रवन्धक बेलबहादुर गुरुङले जानकारी दिनुभयो ।

“अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ३ मा दाना बजार र द्धवारी खानेपानी आयोजना पनि निर्माणको अन्तिम चरणमा छन,” उहाँले भन्नुभयो “संस्थाले कुल लागतको ६३ देखि ६६ प्रतिशत साझेदारी गरेको छ ।”

कुल रु. ६७ लाख ६७ लागत अनुमान गरिएको दाना बजार खानेपानी आयोजना बाट निर्माण हुने ५१ धारा मार्फत २३० जनसंख्या लाभान्वित हुनेछन् । रु. ४६ लाख ४० हजार ५५४ लागत अनुमान गरिएको द्धवारी खानेपानी आयोजना मार्फत निर्माण हुने २६ धाराबाट ११२ जनसंख्या लाभान्वित हुने संस्थाले जनाएको छ ।

गोर्खा वेल्फेयर ट्रष्टले अन्नपूर्ण गाउँपालिकाको दश वर्षे खानेपानी सरसफाई तथा स्वच्छता योजना पनि तयार पारेको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिनुभयो । हाल खानेपानी र सरसफाईको अवस्था, आवश्यकता समेटिएको योजनाको आधारमा खानेपानी तथा सरसफाइको पुहँच विस्तारको योजना तथा कार्यक्रम सञ्चालन गरिने अध्यक्ष पुनले बताउनुभयो ।

खानेपानी विभागको मापदण्ड अनुसार अन्नपूर्णका सतप्रतिशत नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउन २५ वटा थप आयोजना निर्माण गर्नुपर्ने, ९ वटा विभिन्न निकाय मार्फत निर्माणाधिन रहेका र मौजुदा सहित रु. ८९ करोड बजेट आवश्यक पर्ने योजनामा औल्याइएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...