कालीपुल युनाइटेड र पश्चिम दरवाङ म्याग्दी कपको फाइनलमा

Gandaki Pardesh notice

बेनी, । बेनीको कालीपुल युनाईटेड क्लव र दरवाङको पश्चिम म्याग्दी क्लव बेनीमा जारी आमन्त्रित म्याग्दी जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा पुगेका छन् ।

बेनीको खुल्ला मञ्चमा सोमबार भएको सेमिफाईनलमा कालीपुल युनाईटेडले बुद्ध युवा क्लवलाई र पश्चिम म्याग्दीले मनसुन युवा क्लव चुत्रेनीलाई पराजित गर्दै फाईनलमा उपाधीका भेट पक्का गरेका हुन् ।

म्याग्दी कप– २०७९ ब्यवस्थापन समितिको आयोजना र जिल्ला फुटवल संघको सह–आयोजनामा चैत १ गतेदेखि सुरु भएको लिग फुटवलको फाईनल सोमबार ११ बजे हुने लिग फुटबलका सल्लाकार कृष्णकुमार विश्वकर्माले बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

सोमबार भएको सेमिफाईनलमा कालीपुल युनाईटेडले बौद्धलाई पेनाल्टी सुट आउटमा २ का विरुद्ध ३ गोल गरेको थियो । पश्चिम दरवाङले मनसुनलाई पेनाल्टी सुट आउनमा ३ का विरुद्ध ४ गोल गरेको थियो ।

लिग फुटबल प्रतियोगितामा १० टिमले सहभागिता जनाएका थिए । विजेताले एक लाख २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने छ भने द्धितिय हुनेले ७० हजारसहित मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने आयोजक समितिका संयोजक बिक्रम सुवेदीले जानकारी दिनुभयो ।

अनुशासित र उत्कृष्ट खेलाडीलाई नगद १० हजार र ट्रफी, उतकृष्ट गोलकिप्पर र सर्वाधिक गोलकर्तालाई जनही ७ हजार ५०० रुपैयाँ र ट्रफी, बेष्ट युवा खेलाडीलाई ५ हजार रुपैयासहित ट्रफी र म्यान अफ द खेलाडीलाई नगद २ हजारसहित ट्रफीले पुरस्कृत गरिने छ ।
लिग फुटवल प्रतियोगिता आयोजनाले जिल्लामा एन्फा निर्माणका लागि सहयोग पुग्ने आयोजकले जनाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...