तेज निरला जनहितको स्ववीयु सभापतिमा एकिकृत समाजवादीकी तिलिजा विजयी

Gandaki Pardesh notice

जोमसोम, । मुस्ताङको तेज निरला जनहित बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा एकीकृत समाजवादी निकट अनेरास्ववियुकी अमीशा तिलिजा विजयी हुनुभएको छ

आइतबार भएको निर्वाचनमा कुल ४२ जना मतदाता मध्ये ३७ जनाले मतदान गरेका थिए । अध्यक्ष पदमा अनेरास्वियुका अध्यक्ष पदका उम्मेदवार एलिस थकाली र एकीकृत समाजवादी निकट अनेरास्ववियुकी तिलिजाले समान १८÷१८ मत प्राप्त गरेका थिए ।

Bhautik ministry notice about road

एक बदर भएको थियो । दुवै उम्मेदवारको मत बराबरी भएपछि स्ववियु निर्वाचन कमिटीले गोलाप्रथाबाट तिलिजा विजयी भएको घोषणा गरेको थियो । यसअघि स्ववियु निर्वाचनका लागि सचिव र कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका एमाले निकट अनेरास्ववियुका दुई जनाले मनोनयनपत्र फिर्ता लिएपछि नेविसंघका सचिव पदकी उम्मेदवार रविना गुरुङ र कोषाध्यक्ष पदका असिम गुरुङ निर्विरोध निर्वाचित भएका थिए ।

Shreekrishna hardwear in news

मतपरिणाम अनुसार प्रत्यक्षतर्फ बाम लोकतान्त्रिक गठबन्धनको प्यानलका तर्फबाट एकीकृत समाजवादी निकट अनेरास्ववियुले अध्यक्ष पदसहित ३ पदमा विजयी हासिल ग¥यो । नेपाली कांग्रेस निकट नेविसंघले ३ पदमा विजयी हासिल ग¥यो ।

समानुपातिकतर्फ नेविसंघले ४ पद र एमाले निकट अनेरास्ववियुले १ पदमा विजयी हासिल गरेको स्ववियु निर्वाचन अधिकृत अदितीयचन्द्र थकालीले जानकारी दिनुभयो । क्याम्पसको स्ववियु निर्वाचनका लागि प्रत्यक्षतर्फ ६ जना र समानुपातिकतर्फ ५ जना स्ववियु पदाधिकारीका लागि निर्वाचन भएको हो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...