मंगलाको स्ववीयुमा अनेरास्ववियु विजयी

Sinchai Khanipani notice

बेनी, । म्याग्दीको बाबियाचौरमा रहेको मंगला शिक्षा क्याम्पसमा आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा अनेरास्ववियुको प्यानलै वियजी भएको छ ।

अनेरास्वीयुका सभापतिका उमेद्वार भिममाया रोका नेतृत्वको प्यानले जित निकालेको हो । २१२ जना मतदाता रहेको क्याम्पसमा १४३ मत खसेको थियो ।

Shreekrishna hardwear in news

अनेरास्ववीयुका रोकाले १३० मत पाउँदा उहाँका प्रतिस्पर्धी नेपाल विद्यार्थी संघका गौरव आचार्यले १५ मत पाउनुभयो । सचिवमा अनेरास्ववियूका रविन शाहीले १३० र कोषाध्यक्षमा तारा रानाले १२६ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Bhautik ministry notice about road

अनेरास्ववियुबाट सदस्यहरुमा मेघबहादुर घर्ती (१३२), विन्दा रोका (१३५), सजिना सुबेदी (१३५), किशोरी फगामी (१३४), यूमायाँ दर्जी (१३२) पाएर विजयी भएको निर्वाचन अधिकृत बलबहादुर कार्कीले बताउनुभयो ।

निर्वाचन नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीले भने बाहिस्कार गरेको थियो । समानुपातिकमा १२ मत प्राप्त गरेको नेपाल विद्यार्थी संघले स्वतन्त्र विद्यार्थी युनियनमा एउटा स्थान पाउने भएको छ ।

बिहान ८ः१० मा शुरु भएको मतदान ४ बजे सम्म चलेको थियो । नवनिर्वाचित स्ववियू सभापति रोकाले चुनावपछिको यात्रामा सबै विद्यार्थी संगै हुने बताउनुभयो । उहाँले चुनाव एक प्रक्रिया भएपनि सहकार्य र सहमतिबाटै अगाडी बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

पश्चिम क्षेत्रको शैक्षिक धरोहर मानिएको क्याम्पसले क्यूएए प्राप्तीको अभियानमा स्ववियूमार्फत काम गर्ने प्रमुख लक्ष्यमा सघाउने नवनिर्वाचित सभापति रोकाको भनाई छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...