बेनीमा मोतियाविन्दुको शल्यक्रिया शिविर सुरु

Gandaki Pardesh notice

बेनी, । बेनीमा आँखाको निःशुल्क मोतिया विन्दु शल्यक्रिया शिविर सुरु भएको छ । बेनी अस्पतालमा तीन दिनसम्म सञ्चालन हुने शिविरमा गाउँ–गाउँमा आयोजना गरिएका शिविरबाट भेटिएका मोतियाविन्दु विरामीको निःशुल्क शल्यक्रिया गरिने छ ।
नेत्र ज्योती संघ म्याग्दीको आयोजना र हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा संचालन गरिएको शिविरको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गर्नुभएको थियो । मोतियाविन्दु पहिचान भएका ४७ जनाको निःशुल्क शल्यक्रिया र नयाँ आँखाका विरामीहरुको परिक्षण गरिने नेत्र ज्योती संघ म्याग्दीका सभापति अम्मरबहादुर बानियाँले बताउनुभयो ।

Bhautik ministry notice about road


गाउँ– गाउँमा अन्धोपन निवारण अभियान अन्तरगत आयोजना गरिएका शिविरबाट पहिचान भएका मोतियाविन्दुको विरामीलाई लक्षित गरी शिविर राखिएको संघले जनाएको छ । शिविरमा नयाँ आँखाका विरामीको परिक्षण, औषधी वितरण र मोतिया विन्दु विरामीको अप्ररेसन गरिने छ । हिमालय आँखा अस्पतालबाट १२ जनाको प्राविधिक टोली शिविरमा आएको सभापति बानियाँले जानकारी दिनुभयो ।
जिल्लामा मोतियाविन्दु, जलविन्दु र ४० कटेपछि आँखा नदेख्ने समस्याका विरामी पछिल्लो समय बढेको नेत्र अधिकृत दिनेश बानिायाँले बताउनुभयो । ‘जिल्लाभित्र आँखाका समस्या भएका विरामीको संख्या बढ्दै गएको छ,’ उहाँले भन्नुभयो ‘यसको निराकरण र दृष्टि गुमाउने समस्या न्यूनिकरण गर्नका लागि स्थानीय तहको वडास्तर र विद्यालयस्तरमा शिविर आवश्यक देखिएको छ ।
नेत्र ज्योती संघका सभापति बानियाँका अध्यक्षता र सचिव राजेन्द्रकुमार श्रेष्ठको संचालनमा भएको उद्घाटन कार्यक्रममा बेनी नगरपालिका मेयर सुरत केसी लगायतको उपस्थिति थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...