गोबिन्द केसीको पक्षमा मानब अधिकार संगठनको प्रर्दशन

Gandaki Pardesh notice

बेनी । चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको सुधारको माग राख्दै डाक्टर गोबिन्द केसीले गर्नुभएको सत्याग्रहको पक्षमा नेपाल मानब अधिकार संगठन म्याग्दीले शनिबार बेनीमा प्रर्दशन गरेको छ ।

बेनीको संगमचोकमा दिउसै मैनबत्ति बालेर गरिएको कार्यक्रममा संगठनका सल्लाहकार तथा नेपाल बार एसोशियसन म्याग्दी अदालत बार इकाइका सभापति चिरञ्जिबी शर्माले सरकार मानव अधिकारको अवस्था कमजोर भएको बताउनुभयो ।

शर्माले म्याग्दीका पहिरो पिडितहरुले सुरक्षित बास र गासको सहज सुबिधा पाउन नसकेको दावी गर्दै ध्यानाकर्षण गराउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

संगठनले माथेमा प्रतिवेदन अनुरुप चिकित्सा शिक्षा ऐन पािरत गर्नुभएको, चिकित्सा शिक्षा क्षेत्रको अनियमितता रोक्नुपर्ने, आइएनओमा डिन नियुक्त गर्नुपर्ने, केडिमाथि भएको धरपकड बन्द गर्नुपर्ने लगायतका ६ बुदे माग राखेको छ ।

नेपाल मानब अधिकार संगठन म्याग्दीका अध्यक्ष कोमलप्रसाद ढुङ्गानाको अध्यक्षता र सचिव हरिप्रसाद ढुङ्गानाको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस म्याग्दीका सभापति खम्बिर गर्बुजा, उपसभापति माधवप्रसाद रेग्मी, सचिव तथा बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ लगायतको उपस्थिति थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...