डाडाखेतमा आँखा शिविर

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको बेनी नगरपालिका–४ डाडाखेतमा निशूल्क आँखा उपचार शिविर सम्पन्न भएको छ ।

नेपाल नेत्र ज्योती संघ म्याग्दीको प्राविधिक सहयोगमा म्याग्दी जेसीजको आयोजनामा डाडाखेतको बालमन्दिर आधारभूत विद्यालय परिसरमा शुक्रबार शिविर सम्पन्न भएको हो ।

शिविरमा १०० जना विद्यार्थी र २५० जना सर्वसाधारणको आँखा परिक्षण गरिएको म्याग्दी जेसीजका शाखा अध्यक्ष सुमन बानियाले जानकारी दिनुभयो । जेसिजको मेरो विद्यालय कार्यक्रम अन्तरगत आयोजना भएको शिविरमा डाडाखेतका साथै सिंगा, डाडाखेत, कुमाल्डी, सेताढुङ्गा र भिरमुनीका बासिन्दाहरुले सेवा लिएका थिए ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

शिविरमा १०० जनालाई निशूल्क चस्मा वितरण गरिएको थियो । मोतियाबिन्दुको शल्यक्रिया गर्नुपर्ने १० जना बिरामी पहिचान भएका छन् । उनिहरुलाई चैत ६ देखि ८ गतेसम्म बेनीमा हुने शिविरमा निशूल्क शल्यक्रियाको व्यवस्था मिलाइने भएको छ । नेत्रज्योती संघ म्याग्दीका प्राविधिक दिनेश बानिया र सिंगा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुले सेवा दिनुभएको थियो ।

वडा अध्यक्ष अणबहादुर खड्का (भगवान)ले उद्घाटन गर्नुभएको कार्यक्रमको अध्यक्षता जेसिजका शाखा अध्यक्ष सुमन बानिया, सञ्चालन कार्यकारीणी उपाध्यक्ष दिनेश कुमार विश्वकर्मा, स्वागत बालमन्दिर आधारभूत विद्यालयका प्रअ रामप्रसाद शर्माले गर्नुभएको थियो ।

नेत्रज्योती संघ म्याग्दीका अध्यक्ष अमर बानिया र म्याग्दी जेसिजका पुर्व अध्यक्ष सुजन बरुवालले ग्रामिण क्षेत्रमा आँखाका बिरामी पहिचान र आँखाको स्वास्थ्यको विषयमा सचेतना फैलाउने शिविर आयोजना गरिएको बताउनुभयो ।

युवाहरुको क्षमता र नेतृत्व विकासका विभिन्न कार्यक्रम गर्दै आएको म्याग्दी जेसिजको आतिथ्यतामा यसै वर्ष बेनीमा जेसीजको क्षेत्र ख सम्मेलन हुदैछ् । देशभरका शाखाबाट आठ सयजे जेसीजका सदस्यहरु सहभागी हुने सम्मेलनले म्याग्दीको पर्यटन प्रर्वद्धनमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...